सर्वोच्चले हाम्रो भावना बुझेनः एमाओवादी

काठमाडौं, १२ जेठ । एमाओवादीले सर्वोच्च अदालतले आफूहरुको भावना नबुझेको गुनासो गरेको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको स्थायी समिति बैठकले सर्वोच्चको आदेशलाई ठीक नरहेको निष्कर्ष निकालेको हो । एमाओवादीले म्याद थप विरुद्ध आएको अन्तरिम आदेशको आलोचना गर्दै आएको छ ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले म्याद थपका सम्बन्धमा आएको अन्तरिम आदेश सरकारको भावना विपरितरहेको बताए । उनले कांग्रेस र एमालेले संविधानसभा विघटन गर्न लागेको समेत आरोप लगाएका छन् ।
संविधान जारी नगरी संविधानसभा विघटनको काम भए मधेसी मोर्चा, जनजातिहरुसँग मिलेर सघर्ष गर्ने पनि एमाओवादीले निर्णय गरेको छ ।
एमाओवादीले जातीय पहिचान सहितको संघीय राज्य बनाउनुपर्ने भन्दै उपाध्यक्ष श्रेष्ठले दुई दिन भित्र संविधान जारी गर्ने गरी दलहरुवीच छलफल गर्ने निर्णय गरेको बताए ।
पहिचान सहितको संघीयताका पक्षमा जाने भन्दै एमाओवादीले प्रदेशको नाम दुई वटा मिलाएर राख्न सकिने जनाएको छ । एमाओवादीले संघीयतका मुलुभूत विषयमा पछि रुपान्तरित संसदबाट छलफल गरेर टुङगो लगाउन सकिने समेत जनाएको छ ।
बैठकमा वरिष्ठ उपाध्यक्ष मोहन बैद्य पक्षको सहभागिता थिएन । संस्थापन पक्षले बैद्य समूहसँग पनि पार्टी एकताका लागि परामर्श गर्ने निर्णय गरेको उपाध्यक्ष श्रेष्ठले बताए । सौर्य

प्रतिक्रिया