देउवा समूह पनि म्याद नथप्ने पक्षमा


काठमाडौं, ११ जेठ । कांग्रेसको वरिष्ठ नेता शेरबहादुर देउवा समूहले पनि जेठ–१४ गतेभित्रै संविधान ल्याउनुपर्ने निष्कर्ष निकालेको छ ।
सिंहदरबारमा आज बसेको देउवा समूहको अलग बैठकले संविधासभनको म्याद थप गर्न नहुने धारणा सार्वजनिक गरेको छ । संविधानको मस्यौदा भएमात्रै पनि ल्याउनुपर्नेमा देउवा समूहको जोड रहेको सभासद रमेश लेखकले जानकारी दिए ।
उनले भने, ‘म्याद थप गर्ने कुरा कुनै पनि हालतमा स्वीकार्य हुन सकदैन, हाम्रो पक्षको बैठकले म्याद थप गर्ने दिने पक्षमा छैनौ ।’
सभासद जिपछिरिङ लामा शेर्पाले जातीयताका आधारमा राज्य पुनर्संरचना गर्नुपर्नेमा जोड दिए ।

संस्थापन पक्षसँग असन्तुष्ट देउवा समूहले हिजोपनि आन्तरिक छलफल गरेको थियो । केन्द्रीय समिति बैठक बहिष्कार गरेर देउवा समूहले आफ्नो अलग धारण आज सार्वजनिक गरेको हो ।

प्रतिक्रिया