‘नयाँ सोचले सफल बनाउँछ’

सफल र असफल भन्ने कुरा व्यक्तिमा भरपर्ने रहेछ, मिहिनेत गर्‍यो भने असम्भव भन्ने कुरा नै नहुँदो रहेछ भन्ने कुराको उदाहरण बनेका छन् सुशील पोखरेल । सुशील हाल सुस्मित इन्टरनेसनल प्रालिका प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छन् । ०३८ सालमा दोलखाको  दुर्गम गाविस मालुमा जन्मेका पोखरेलले सिन्धुलीको गौमती स्कुलमा स्कुले पढाइ पूरा गरेका हुन् । पडाइमा तिख्खर भएकै कारण होला उनले प्रवेशिका परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेका थिए । एसएलसीपछि डक्टर बन्ने सपनाका साथ काठमाडांै डनबस्को कलेजमा भर्ना भएका पोखरेललाई अंग्रेजीमाध्यमको पढाइ फलामे चिउरा चपाउनु जस्तै भयो । आर्थिक अभाव र बाबुको सानो जागिरले उनको सपना पूरा हुन सकेन ।
अन्तत: उनी ०५६ मा बुवाको जागिरसँगै हेटांैडा आए । एउटा हारेको मानसिकता, अल्मलिएको भविष्यका साथ ०५७ मा मकवानपुर बहुमुखी क्याम्पसमा उनले अध्ययन सुरु गरे । अध्ययनकै क्रममा हेटौंडाबाट निस्कने ‘नव कोरस साप्ताहिक’ मा दैनिक १० रुपियाँमा उनले काम गरे । त्यही पत्रिकाको साइकल ब्वाई भएर हरेक ग्राहककहाँ पत्रिका छाड्ने काममा पोखरेलले समय बिताउन थाले । अब सम्बन्ध विस्तार गर्दै अघि बढ्ने उनलाई मौका मिल्यो ।
पढ्दै जाँदा कलेजमा फर्निचर आपूर्ति गर्ने अवसरले पोखरेललाई अझ सिकारु व्यवसायी बनायो । फर्निचरको कारोबारबाट उनी विद्यार्थीबाट व्यवसायी बने । समय क्रमसँगै हेटांैडामा भ्याली बाहिरको पहिलो व्यावसायिक रेडियो ‘मनकामना एफएम ९२.९ मेगाहर्ज’ सञ्चालनमा आयो । सोही रेडियोमा उद्घोषकका रूपमा सातामा एक दिन कार्यक्रम सञ्चालन गर्ने अवसर पाएको उनी सम्झन्छन् ।
पछि सोही रेडियोमा ‘मनकामनाको मध्यान्ह’ कार्याक्रम सञ्चालनले आफूलाई अझ चर्चित बनाएको पोखरेलको अनुभव छ । त्यसले मात्र चित्त नबुझेपछि हेटौंडामा केही उद्योगी, व्यवसायी र पत्रकार साथी मिलेर अर्को एउटा रेडियो खोल्ने सपना बन्यो । त्यसपछि हेटौंडा एफएम खोलेको उनी बताउँछन् । सोही एफएममा स्टेसन म्यानेजरको भूमिकामा उनी अगाडि बढेको बताउँछन् । त्यसको सफलतासँगै उनी नयाँ सपना बोकेर काठमाडौं हानिए । उनले राजधानी आएर सुस्मित इन्टरनेसनल प्रालिको नाममा एउटा कोठा भाडामा लिएर काम सुरु गरे । एकजना स्टाफ र एउटा टिटेबुल अनि केही मसलन्द सामानबाहेक त्यतिखेर पोखरेलसँग केही थिएन । थियो त केवल आत्मविश्वास,  सूचना, योजना अनि कार्यान्वयन गर्ने दृढता ।
बजारमा नयाँ प्रतिस्पर्धी आयो भनेर कसैले साबुनको फोका, कसैले विदेश जानलाई पैसा जम्मा गर्न आएको भने पनि उनको आत्मविश्वासमा कुनै कमी नआएको उनी भन्छन् । निरन्तर यात्रासँगै आज एकपछि अर्को गदै धेरै रेडियो स्टेसनहरूसँग सहकार्य गर्ने मौका मिलेकामा उनी खुसी छन् । रेडियो उपकरणको व्यापार गर्न एक कोठाबाट सुरु भएको सुस्मित इन्टरनेसनल नेपालमा मात्र सीमित नरही भारतमा सञ्चालनमा आएको छ भने ०१३ मा संयुक्त लगानीमा क्यानडामा सुरु गर्ने तयारीमा रहेको उनले बताए ।
एकजना स्टाफबाट सुरु भएको त्यो संस्थाले अहिले ६ वटा फरक–फरक संस्थामा ७० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगार दिइरहेका छन् भने आफ्नै लगानी एवं अध्यक्षतामा रेडियो मकवानपुर सञ्चालन गरिरहेका छन् । रेडियोमार्फत समाज परिवर्तनका लागि उनी आफंै भूमिका खेल्न लागिपरेका छन् । प्राविधिक–सामजिक सञ्जाललाई संयोजन गरी ‘मेरो पोस्ट’ सञ्चालन गरेका छन् उनले । अब छिट्टै नै यसको व्यावसायिक बजारीकरणमा लाग्ने उनी बताउँछन् । आºनो जीवनमा आएको परिवर्तनलाई अरूको जीवनमा पनि ल्याउन सकियोस् भनेर रोटरी कल्बमार्फत सामाजिक क्षेत्रमा सहयोग पुर्‍याइरहेको उनी बताउँछन् । यतिखेरै भने उनी आफूलाई सफल व्यवसायी हो वा होइन भन्न न सक्ने बताउँछन् । तर, उनी आफूलाई  सफलभन्दा पनि सफलताको अनुयायी भन्न रुचाउँछन् । नवीन सोच, सही योजना, योजना कार्यान्वयनमा सहभागिता, सही समयमा सही निर्णय गर्नसक्ने क्षमता विकास गरे सबै जना सफल बन्न सक्ने उनको बुझाइ छ ।
पछिल्लो समय सुस्मितले बेलायतमा निर्मित इडिस्टोन, एसबिएस बिडब्ल्यु ब्रोडकास्ट र इटालीमा निर्मित डिबी इलेक्ट्रोनिकका उपकरण नेपालमा भित्र्याउँदै आएको छ । मुलुकका ठूला रेडियोमध्ये ९० प्रतिशत ग्रहक आफ्नो कम्पनीकै मात्र रहेको दाबी पनि उनको छ । एफएम खुल्ने क्रम जारी रहे पनि उपकरणको बजार भने खुम्चँदै गएको उनको भनाइ छ । यस्तो अवस्थामा अहिले विदेशी लगानीसमेत भित्र्याएर पर्यटन तथा स्वास्थ्य क्षेत्रमा हात बढाउने तयारीमा छन् पोखरेल । मुलुकमा थप रोजगारी सिर्जना गर्ने, प्रतिस्पर्धात्मक व्यावसायिक क्षमता वृद्धि गरी राष्ट्र निर्माणमा योगदान पुर्‍याउने लक्ष्य उनको छ । तर, राजनीतिक तरलताले कस्तो रूप लिन्छ त्यसमै भर पर्न उनी बताउँछन् ।

प्रस्तुति : उद्धव सिलवाल

प्रतिक्रिया