पहिलो चरणमा गेल श्रेष्ठ

एजेन्सी
दिल्ली,९ जेठ । इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिताका पहिलो चरणका खेल सकिएका छन् । भारतीय व्यावसायिक खेलकुदमा सबैभन्दा प्रभावी मानिएको आइपिएलको पाँचौं शृंखलामा वेस्ट इन्डिजका क्रिस गेल ब्याटिङमा खुबै जमे ।
भारतीय क्रिकेटमा कम परिचित केही युवा एकाएक आइपिएलमा छाए । पहिलो चरणको समाप्तिपछि दिल्ली पहिलो र कोलकाता नाइट राइडर्स दोस्रो हँुदै फाइनल प्रवेशका लागि भिड्ने भएका छन् । पराजित टोलीले तेस्रो हुने मुम्बई इन्डियन्स र चौथो हुने चेन्नाई सुपर किङ्सको विजेतासँग दिल्ली र कोलकाताबीचको पराजित टोलीले खेल्नेछ ।
आइपिएलमा बंगलोरका क्रिस गेलले सर्वाधिक ७३३ रन प्रहार गरेका छन् भने डेक्कनका शिखर धवनले ५६९, राजस्थान रोयल्सका अजान्का रहानेले ५४७ तथा कोलकाताका गम्भीरले ५५६ रन प्रहार गरेका छन् । यसैगरी, दिल्लीका वीरेन्द्र सहवागले ४८४, डेक्कनका क्यामरुन ह्वाइटले ४७९, राजस्थानका राहुल द्रविडले ४६२ किङ्स पन्जाबका मन्दीप सिंह ४३२, मुम्बई इन्डियन्सका रोहित शर्माले ४१९ रन प्रहार गरेका छन् ।
बलरमा दिल्लीका मोर्ने मोर्कालले सर्वाधिक २५ विकेट लिएका छन् । कोलकाताका सुनील नारायनले र मुम्बईका लासिथ मालिङ्गाले २२/२२ विकेट लिएका छन् ।  बंगलोरका विनय कुमारले १९ र डेक्कनका डेल स्टेनले १८ विकेट लिएका छन् । पन्जाबका परमिन्दर अवाना, दिल्लीका उमेश यादव र बंगलोरका जाहीर खानले १७ विकेट लिएका छन् ।
आइपिएलको पहिलो चरणमा गेलले एक शतक र सात अद्र्धशतक प्रहार गरे । गम्भीरले ६ अद्र्धशतक प्रहार गरे । यसैगरी, ह्वाइट ,सहवाग र धवनले ५/५ अद्र्धशतक प्रहार गरे । रोहित शर्मा र रहानेले एक शतक र तीन अद्र्धशतक प्रहार गरे । बंगलोरका तिलकरत्ने दिलसान र एबी डिभिलियर्स, चेन्नाईका एफ डु प्लेसिस र राजस्थानका ओएसिस साहले तीन/तीन अद्र्धशतक प्रहार गरे । दिल्लीका केभिन पिटरसन र डेविड वार्नरले एक/एक शतक प्रहार गरे ।
पहिलो चरणमा गेलले सर्वाधिक ५९ तथा ह्वाइट र पिटरसनले २०/२० छक्का प्रहार गरे । सहवागले १९ तथा धवन र रोहितले १८/१८ छक्का प्रहार गरे । डु प्लेसिस र पन्जाबका डेविड हसीले १७/१७ तथा साह र चेन्नाईका ड्वाइन ब्राभोले १६/१६ छक्का प्रहार गरेका छन् । बंगलोरका मायांका अग्रवाल, एबी डी भिलियर्स र गम्भीरले १५/१५ छक्का प्रहार गरेका छन् ।
चेन्नाईका रवीन्द्र जडेजाले डेक्कन चार्जर्ससँगको ४–०–१६–५ सबैभन्दा राम्रो बलिङको रूपमा रहयो । सुनील नारायनले पन्जाबसँगको ४–०–१९–५ र पन्जाबकै मास्कारान्हासको पुणे वारियर्ससँगको ४–०–२५–५ पनि राम्रो बलिङ फिगरको रूपमा रहयो ।

प्रतिक्रिया