आक्रमणमा नउत्रिन कांग्रेसको आग्रह

काठमाडौं, ८ जेठ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफ्ना अधिकारका लागि संघर्ष गर्ने क्रममा विपरित मत राख्ने माथि आक्रमण गर्ने कार्य अत्यन्तै निन्दनीय रहेको बताएका छन् ।

उनले आज विज्ञप्ती जारी गरेर विपरित मत वा धारणा राख्ने माथि सांघातिक आक्रमण गर्ने कार्यले नेपालको सम्प्रदायिकता खलबलाउने जनाएका छन् । उनले संविधान सभाद्वारा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गरी जारी गर्ने समय अत्यन्त थोरै बाँकी रहेका समयमा यस्ता खालका क्रियाकलापले अबरोध श्रृजना हुने जनाएका छन् ।

उनले राज्य पुनर्संरचना लगायतका संविधानका कतिपय विषयका विवादहरुलाई समाधान गर्ने प्रयत्न गरिरहेको समेत जनाएका छन् ।

उपसभापति पौडेलले बन्द हडतालका क्रममा देशका कतिपय ठाउँमा अप्रिय घटनाहरु भएको भन्दै सञ्चार लगायत कुनैपनि क्षेत्रमा आक्रमण नगर्न आग्रह गरेका छन ।

‘आफनो विचारसँग असहमति राख्नेप्रति भौतिक आक्रमण समेत हुने गरेको देखिएको छ,’ उपसभापति पौडेलले भनेका छन्, ‘यो अत्यन्त दुःखद कुरा हो ।’

शनिबार जनकपुरमा प्रमुख विपक्षी दल मधेशी जनअधिकार फोरमका जिल्ला अध्यक्षको नेतृत्व कांग्रेस केन्द्रीय सदस्य एवं सभासद विमलेन्द्र निधिको घरमा नियतवस आक्रण गरेको भन्दै उनलाई कारबाहीको माग गरेका छन् ।

उनले निधिको घरमा भौतिक क्षति पुराउन नियतवश आक्रमण गरेको जनाएका छन् ।

त्यसै गरेर शनिबारनै चारदलको वार्तामा आउँदै गरेका एमालेका नेता भीम रावललाई लक्ष्य गरी आक्रमण भएकोमा पनि कांग्रेस उपसभापति पौडेलले भत्र्सना गरेका छन् ।

आजै ललितपुरको इमाडोलमा पनि जातीय सदभाव खलबलिने खालका उत्तेजनात्मक क्रियाकलाप बन्द आयोजकले गरेको भन्दै संयम हुन आह्वान गरेका छन् ।

प्रतिक्रिया