नेपाललाई अग्रता

काठमाडौ, ८ जेठ । एएफसी  यु–१४ सन् २०१२ साउथ रिजन फेस्टिवलको आइतबार भएको खेलमा नेपाल ‘वान’ ले भारत ‘वान’ सँग गोलरहित बराबरी खेल्यो ।
अर्को खेलमा नेपाली टोलीले भुटान ‘टु’ लाई ६–० ले पराजित गर्‍यो । नेपाल ‘टु’ ले भने दुवै खेलमा जित हात पार्‍यो । पहिलो खेलमा भुटानलाई ३–० र अर्को खेलमा श्रीलंका ‘टु’ लाई ४–० ले पराजित गर्‍यो ।
अन्य खेलमा बंगलादेश ‘वान’ ले भारत ‘टु’ लाई १–० ले, भारत ‘वान’ ले श्रीलंका ‘वान’ लाई १–० ले, बंगलादेश ‘टु’ ले श्रीलंका ‘टु’ लाई ४–० ले पराजित गरे । भुटान ‘वान’ र श्रीलंका ‘वान’ बीच गोलरहित बराबरी भयो । श्रीलंका ‘वान’ ले भुटान ‘टु’ लाई ३–० ले पराजित गर्‍यो ।
नेपाल ‘वान’ र भुटानबीचको खेलमा सुनील बालले दुई गोल गरे । सागर परियार, किरण सुनुवार, साजन मगर र विमल घर्तीले गोल गरे । नेपाल ‘टु’ को जितमा रामचन्द्र वादेले दुई तथा सूर्य सुवेदीले गोल गरे । नेपालले श्रीलंकालाई पराजित गर्ने क्रममा सुमन पराजुलीले दुई गोल गरे भने रामचन्द्र वादे र सूर्य सुवेदीले गोल गरे । नेपाली टोलीका प्रशिक्षक सुनील श्रेष्ठले टोलीले राम्रो प्रदर्शन गरिरहेको बताए ।

प्रतिक्रिया