दीक्षान्तमा भाग लिने विद्यार्थी घटे

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिने विद्यार्थी संख्या घटेको छ । स्नातक, स्नातकोत्तर, एमफिल र पिएचडी तह उत्तीर्ण गरेका ३८ हजार विद्यार्थी दीक्षान्त लिनयोग्य रहे पनि साढे तीन हजारले मात्र आवेदन दिएका छन् ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सह–नियन्त्रक रमेशकुमार जोशीले विगतमा भन्दा यस वर्ष दीक्षान्तमा भाग लिनेको संख्या धेरै घटेको बताए । उनका अनुसार दीक्षान्तमा भाग लिन चाहने विद्यार्थीले आवेदन दिने समय आइतबार सकिएको छ । ‘३८ हजार योग्य भएकामा साढे तीन हजारले मात्र आवेदन दिएका छन्,’ उनले भने ।
त्रिवि पनिकाले एक महिनाअघि दीक्षित हुनयोग्य विद्यार्थीका लागि आवेदन खुलाएको थियो । विगतमा ६ हजारको हाराहारीले फारम भर्ने गरेका थिए । त्रिविले आगामी असारमा दीक्षान्त समारोह गर्ने तयारी गरेको छ । (सौस)

प्रतिक्रिया