रनोहँछाको ‘भाउजू लडेको भीर’

काठमाडौं : साहित्यकार तथा गायक चन्द्र रानोहँछाको कथासंग्रह सार्वजनिक भएको छ । शनिबार राजधानीमा शब्द शताब्दी नेपालले गरेको अन्तरविमर्श कार्यक्रममा साहित्यकार अमर गिरीले रानोहँछाको कथासंग्रह ‘भाउजू लडेको भीर’ सार्वजनिक गरेका हुन् । तेह्रवटा कथा समावेश गरिएको रानोहँछाको यो दोस्रो कृति हो ।
साहित्यकार गिरीले रानोहँछाका कथाले नेपाली साहित्यमा भिन्न पहिचान र प्रभाव स्थापित गर्न सक्ने बताए  । साहित्यमा भावुकता र वैचारिकताको संयोजन हुनुपर्नेमा उनको जोड थियो ।  यस्तै साहित्यकार मोमिलाले रानोहँछाका कथाहरू उत्कृष्ट नेपाली कथामा दरिने दाबी गरिन् । कवि श्रवण मुकारुङले रानोहँछाका कथा काव्यात्मक भएको बताए । ‘कथा काव्य भयो भने अति सुन्दर हुन्छ,’ उनले भने, ‘रानोहँछाका कथाका प्रत्येक हरफमा काव्य मिसिएको छ ।’ (सौस)

प्रतिक्रिया