मन्त्रिपरिषदमा कार्यविभाजन

काठमाडौं, ५ जेठ । सरकारले दुई नयाँ मन्त्रालय थपगर्नका लागि प्रस्ताव गरेको छ । हालका २७ मन्त्रालयको संख्या नबढ्ने गरेर दुई मन्त्रालय थप्न लागेको सरकारले जनाएको छ ।
मन्त्रिपरिषदको आज बेलुका बसेको बैठकले दुई नयाँ मन्त्रालय थप गर्ने निर्णय गरेको हो । मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्रीले तोक्ने जनाईएको छ ।
प्रस्तावित मन्त्रालयमा शहरी विकास मन्त्रालय र सहकारी तथा गरिवी निवारण मन्त्रालय रहेका छन् । प्रस्तावित मन्त्रालयका बारेमा आइतबार पुनः बस्ने मन्त्रिपरिषद बैठकले अन्तिम निर्णय गर्ने एक मन्त्रीले जानकारी दिए ।
मन्त्रिपरिषद बैठकले दुई नयाँ मन्त्रालयका लागि दुई सचिवको समेत टुङगो लगाई सकेको छ । त्यसै गरेर संस्कृत मन्त्रालयलाई नागरिक उड्डयन र वातावरण मन्त्रालयलाई विज्ञान मन्त्रालयमा गभिएको छ ।
यसैवीच, मन्त्रिपरिषदमा कार्यविभाजन समेत भएको छ । जस अनुसार कृष्णप्रसाद सिटौला उपप्रधान सहित रक्षा र कानून, ईश्वर पोखरेल उपप्रधान सहित परराष्ट्र, खेलकुद र कृषि, पोष्टबहादुर बोगटी संस्कृति तथा नागरिक उड्डयन मन्त्री, टोपबहादुर रायमाझी शान्ति, दीनानाथ शर्मा शिक्षा, अनिल कुमार झा उद्योग, पर्शुराम खापुङ वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी पाएको स्रोतले जनाएको छ ।
त्यसै गरेर बर्षमान पुन अर्थ, सूर्यमान गुरुङ स्थानीय र सामान्य प्रशासन, राधा ज्ञवाली उर्जा, चन्द्रदेव जोशी भूमिसुधार तथा व्यवस्था, केशवमान शाक्य  वातावरण तथा विज्ञान र एकनाथ ढकालले सहकारी तथा गरिवी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया