अध्यक्ष दाहाल र भारतीय राजदूतवीच भेट

काठमाडौं, ५ जेठ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादवीच आज भेटबार्ता भएको छ ।
लाजिम्पाटस्थित निवासमा आज भएको भेटमा वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका कर्मचारी एस.डी. मेहताको अभिव्यक्तिका बारेमा राजदूत जयन्त प्रसादसँग दाहालले जानकारी लिएको उनको निजी सचिवालयले जनाएको छ ।
भारतीय राजदूत जयन्त प्रसादसँग मेहताले नेपालको आन्तरिक मामलामा दिएको अभिव्यक्ति बारेमा छलफल भएको दाहालको निजी सचिवालयले जनाएको छ ।
राजदूत जयन्तले महावाणिज्य दूतावासका कर्मचारीले के भनेका हुन् सो बारेमा बुझेर जानकारी गराउने अध्यक्ष दाहाललाई आश्वासन दिएका थिए ।

प्रतिक्रिया