रोल्पाका समुदायिक जंगलमा आगलागी

दाङ, ५ जेठ । रोल्पाको कोर्चावाङ र कोटगाउँका सामुदायिक वनमा भिषण आगलागी भएको छ । आगलागीवाट सामुदायिक जंगलका रुख, झाडी, साना विरुवा जलेर नष्ट भएका छन् ।
बिहिबार बिहानदेखि रोल्पाको कार्चवाङ र कोटगाउँ गाविसका सामुदायिक वनहरुमा लागेको आगो भने आज बिहान करिब ११ बजेतिर नियन्त्रणमा आएको छ ।
दुईवटा गाविसका तीन वटा वनमा लागेको आगो अत्याधिक हावाहुरीका कारण नियन्त्रण बाहिर रहेको स्थानीयले बताए । आगो गाउँमा फैलिएपछि बिहिबार कोटगाउँ—५ दाङबासा निवासी सीताराम बिकको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
बिकको घरमा आगलागी हुदाँ घरमा रहेका लत्ता कपडा, अन्नपात, काठ र नगद सहित दुई लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
कोर्चवाङ वडा नम्वर ४ मा पर्ने ताजरी सामुदायिक वनमा, कोर्चवाङ ३ घापाको रिमुल हरियाली सामुदायिक वन, कोटगाउँ बिघाको सामुदायिक वन, हाङकर गैरा, सितगैरा, दाङवासालगायतका स्थानमा आगो लागेको थियो ।
घर्तीगाउँ प्रहरी चौकी, कोर्चबाङ, कोटगाँउका स्थानीय लगायतको संयुक्त पहलमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
यसैबीच दाङको फुलवारी गाविसमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । फुलवारी गाविस ६ बखरिया निवासी राजकपुर वादीको घरमा आगलागि हुँदा घरमा भएका सम्पूर्ण समाग्री जलेर नष्ट भएका छन् ।

दिउसो करिव १२ वजेतिर भएको आगलागीबाट घरमा भएका लत्ताकपडा, अन्नपात, काठलगायतका समाग्री जलेर नष्ट हुँदा करिव दुई लाख भन्दा बढीको क्षती भएको पीडित अर्जुन नेपालीले जानकारी दिए । आगलागीको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया