राप्रपा नेपालका ६७ समर्थक पक्राउ

काठमाडौं, ५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले अखण्ड नेपाल, हिन्दू राज्य लगायतका माग सहित आह्वान गरेको बन्दका क्रममा दर्जन बढि सवारी साधनमा तोडफोड गरेर क्षती पुराईएको छ ।
जबरजस्ती बन्द गराउने तथा तोडफोड गर्ने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले काठमाडौं र ललितपुरका बिभित्र स्थानबाट १ जना महिलासहित ७६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
ललितपुरको एकान्तकुनाबाट राप्रपा नेपालका संसदीय दलका नेता चन्द्रबहादुर गुरुङ्ग सहित ३ जनालाई प्रहरीले पक्राउ गरेर केही समय पछि पश्चात रिहा गरेको जनाएको छ ।
बन्द उलंघन गरेको भन्दै आयोजकले पुरानो बसपार्कमा बा.१ ज ४७०१ नम्बरको ट्याक्सी, सामाखुशीमा बा.१ ज ८३४९ नम्बरको माइक्रोबस, सामाखुशीमा कान्ती बाल अस्पतालको बा.१ झ २२१७ नम्बरको गाडी, बिजुलीबजार नजिक बा.१ ह ३८७९ नम्बरको टेम्पो तोडफोड भएको गरेका छन् ।
टुडालदेवीमा पनि उनीहरुले बा. १ ज १०८६ नम्बरको ट्याक्सी, र चप्पल कारखानामा बा. १ ज ८४२२ नम्बरको माइक्रोबसको सिसा तोडफोड गरेका छन् । यता, सातदोबाटोमा बा.२ ख ५१७ नम्बरको बसको शिशा तोडफोड भएको छ ।
राप्रपा नेपालका कार्यकर्ताले ललितपुरको प्रतिमाचोकमा बा. १ ज ७६२८ नम्बरको माइक्रोबसको शिसा पूर्णरूपमा तोडफोड गरेका छन् । तोडफोडका क्रममा ४५ वर्षीय धनीराम थापाको टाउकोमा चोट लागेको थियो ।
उता, बन्दकर्ताहरुले मकवानपुरको हेटौडा नगरपालिका–९ स्थित बन कार्यालय नजिक केही सवारी साधनमा पनि तोडफोड गरेका छन् । राप्रपा नेपालका कार्यकर्ताले ना.१ त ६९७७, ना.१ त ६४४९ नम्वरका ट्याक्टर, ना.३ ख ९३८ नम्वरको ट्रक र ना.४ ख ९१३ नम्वरको टिपरको सिसा तोडफोड गरी क्षती पुराएको प्रहरीले जनाएको छ ।
यता, नवलपरासीमा थरुहटका कार्यकर्ताले बन्द अवज्ञा गरेको भन्दै केही सवारी साधनमा आगजनीका साथै तोडफोड गरेका छन् ।
पन्चनगर–४, मौराटारीस्थित सडकमा थरूहट समर्थकले एउटा मोटरसाईकल जलाई दिएका छन् भने अर्को मोटरसाइकल तोडफोड गरेका छन् ।

प्रतिक्रिया