वार्ताप्रति दुवै सुडान अनिच्छुक

 

वासिंगटन, ५ जेठ । सुडान र दक्षिण सुडानबीच विगत केही समययता चर्किएको हिंसाको शान्तिपूर्ण समाधानका लागि संयुक्त राष्ट्रसंघ र अमेरिकाले गरेको वार्ता प्रास्ताव दुवै राष्ट्रले अस्वीकार गरेका छन् । राष्ट्रसंघले दुवै राष्ट्रलाई विवादित क्षेत्रबाट आ–आफ्ना सेना हटाई शान्तिपूर्ण समाधानको उपाय खोज्न प्रस्ताव गरेको थियो । प्रस्तावअनुरूप दुवै राष्ट्रले बुधबारसम्म विवादित क्षेत्रबाट सेना हटाइसक्नुपर्ने र वार्ताको टेबुलमा बस्ने प्रतिबद्धता जनाउनुपर्ने थियो ।
तर, समयसीमाभित्र उनीहरूले सेना हटाउने र वार्ताप्रति प्रतिबद्धता जनाउने दुवै काम नगरेको समाचारमा जनाइएको छ । अमेरिकाको विदेश मन्त्रालयले विवादित क्षेत्रमा भएका आक्रमणको निन्दा गर्दै हिंसात्मक गतिविधि तत्काल रोक्न अपिल गरेको छ ।

प्रतिक्रिया