काठमाडौंमा ११ जना पक्राउ

काठमाडौं, ४ जेठ । विभिन्न समूहले गरेको बन्द आह्वानका क्रममा राजधानीमा तोडफोड लगायतका कार्यमा संलग्न ११ जना लाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
संयुक्त संघर्घ समितिले गरेको अनिश्चितकालिन आमहड्तालका क्रममा काठमाडौं, ललितपुर र भक्तपुरका बिभित्र स्थानहरुमा ढुंगा प्रहार गर्ने तथा अवरोधमा संलग्न ११ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सामाखुसीमा बन्दकर्ता नुवाकोट जिल्ला मकवानपुर–५ बस्ने ३१ वर्षीय महेन्द्र वहादुर तामाङलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि ढुङगा प्रहार गरेको थियो । त्यस क्रममा सामान्य बल प्रयोग गरेर भिड तितर बितर बनाएको प्रहरी भनाई छ ।
बन्द आयोजकले अस्थायी प्रहरी प्रभाग गोगंबुमा कार्यरत प्रहरी जवान राजकुमार भट्टराईको नाक प्रहार गरेर घाईते बनाई दिएका छन् ।
प्रहरीले पुतलीसडकबाट ३, माछापोखरीबाट २, सामाखुशीबाट १, कोटेश्वरबाट १, चुच्चेपाटीबाट ३ र गोगंबुबाट १ सहित ११ जनालाई नियन्त्रणमा लिएको छ ।
बन्दकर्ताहरुले बाफलमा ना.४ ख ४३५५ नम्बरको बसको अगाडिको सिसा समेत फुटाई दिएका छन् ।
उता, दाङको भालुबाङमा बन्दका कारण ३५ वटा सवारी साधान अलपत्र परेका छन् । बन्दले गर्दा सवारी साधन गन्तव्य तर्फ जान नसकेको प्रहरी जनाएको छ ।
यता, मकवानपुर, चितवन लगायतका जिल्लामा पनि बन्दको प्रभाव परेको छ । बन्दले गर्दा जिल्लाको जनजीवन कष्टकर बनेको छ । सौर्य

प्रतिक्रिया