बृहत मधेसीमोर्चाको अवरोधले संसद स्थगित

काठमाडौं, ४ जेठ । व्यवस्थापिका संसदको ११ औं अधिवेशन आजबाट शुरु भएको छ ।
प्रधानमन्त्री बाबुराम भट्टराईको सिफारिशमा राष्ट्रपति रामवरण यादवले गत जेठ–१ गते संसद आजका लागि आह्वान गरेका थिए ।
सभामुख सुवास नेम्वाङले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र बढेर सुनाएपछि संसद अधिवेशन औपचारिक रुपमा शुरु भएको हो ।
११ औं अधिवेशनको पहिलो बैठकमा सभामुख नेम्वाङले प्रधानमन्त्री कार्यालयबाट प्राप्त मन्त्रीहरु नियुक्ति बारे केही पत्रहरु पढेर सुनाएका छन् ।
संसदको हिउंदे अधिवेशनमा बिभिन्न विधेयहरु मथि छलफल गर्ने तथा पारित गर्ने कार्यक्रम छ ।
आजै आधा घण्टापछि शुरु हुनेगरि संसद बैठक स्थगित गरिएको थियो ।

आधा घण्टाको लागि स्थगन पछि शुरु भएको  संसदको नियमित कार्यमा प्रवेश गर्न लागको समयमा  बृहत मेधेशीमोर्चको अगवाईमा संसदमा नाराजुलुश गरेपछि नियमित कार्यमा नै प्रवेश नै नगरी भोली शुक्रवार सम्मको लागि स्थगित गरिएको छ ।

बैठकमा अन्तरिम संविधानको धारा ७० को संसोधन विधेयक प्रस्तुत गर्ने कार्यक्रम थियो ।

प्रतिक्रिया