चार दल बैठक निष्कर्ष विहिन

काठमाडौं, ४ जेठ । एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठक निष्कर्ष विहिन सकिएको छ ।
सिंहदरबारमा आज बसेको शीर्ष बैठकमा मधेसी मोर्चाले तराईलाई खण्डित गरेर एघार प्रदेशमा सहमति गरेको भन्दै प्रमुख तीनसँग आपत्ति जनाएको हो ।
बैठक पछि सञ्चारकर्मीसंग कुरागर्दै फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदारले एघार प्रदेशमा आफूहरुको असहमति रहेको भन्दै सहमति सच्चाउन सुझाव दिएको बताए । उनले आफूहरुले तराई खण्डित गरेर संघीय राज्य बनाए नमान्ने बताए ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले एघार संघीय राज्य बनाउन दलहरुका वीच भएको सहमतिमा मधेसी मोर्चाले असन्तुष्टि जनाएको बताए । उनले आजै पुनः हुने छलफलबाट निकास खोजिने बताएका छन् ।

प्रतिक्रिया