एघार संघीयता पार्टीकै नीति अनुसार

काठमाडौं, ४ जेठ । राज्य पुनर्संरचनालाई लिएर विभिन्न असन्तुष्टिका आवाज आईरहेका समयमा एमाओवादीले आज सेती–महाकाली र थारुवान क्षेत्रका केन्द्रीय समिति सदस्य तथा इन्चार्जहरुसँग परामर्श गरेको छ ।
सिंहदरबारमा आज भएको छलफलमा एघार प्रदेशका बारेमा परामर्श भएको एमाओवादीले जनाएको छ । त्यस क्रममा सदस्यहरुले जातीय राज्यको विषयलाई पार्टी नेतृत्वले छाडेको भन्दै आलोचना समेत गरेका थिए ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टीकै नीतिअनुरुप संघीयतामा सहमति गरेको भन्दै मुलुकमा ११ प्रदेश आवश्यक रहेको बताए ।
विभिन्न स्थानमा भइरहेका जातीयता र संघीयता विरोधी आन्दोलनका बारेमा समेत बैठकमा छलफल भएको स्थायी समिति सदस्य गिरिराजमणी पोखरेलले बताए ।
छलफलमा अध्यक्ष दाहालाका साथै उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठलगायत सेती–महाकाली र थारुवान क्षेत्रका सदस्य तथा इन्चार्जहरुको सहभागिता थियो ।

प्रतिक्रिया