खोजखबर

सात नयाँ मन्त्रीलाई सपथ

सौर्य अनलाइन २०६९ जेठ ३ गते ६:४० मा प्रकाशित

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री बावुराम भट्टराईले आज मन्त्रिमण्डल विस्तार गर्दै नयाँ सात मन्त्रीलाई सपथ दिलाएका छन् । एमालेका इश्वर पोखरेलले उपप्रधानमन्त्रीको सपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा भएको विशेष कार्यक्रममा एमाले र साना दलका तर्फबाट सिफारिस मन्त्री सहित सात जनालाई भट्टराईले विनाविभागीय मन्त्रीमा सपथ दिलाएका हुन् ।
पद तथा गोपनीयताको सपथ लिनेमा एमालेबाट उपप्रधान सहित विनाविभागीय मन्त्रीमा पोखरेल तथा विनाविभागीय मन्त्रीमा राधा ज्ञवाली, राप्रपाबाट परशुराम खापुङ, संघीय सद्भावनाबाट अनिलकुमार झा, नेकपा (संयुक्त) बाट चन्द्रदेव जोशी, नेपाल परिवार दलबाट एकनाथ ढकाल र नेपाः राष्ट्रिय पार्टीका तर्फबाट केशवमान शाक्य छन् ।
यस अघि उपप्रधान तथा गृहमन्त्रीमा विजय गच्छेदार, उप्रधानमन्त्रीमा नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्रीमा कृष्णप्रसाद सिटौला लगायतले सपथ लिईसकेका छन् ।
केही मधेसवादी दलका मन्त्री बाहेकका अन्य कुनैपनि मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएका छैनन् । सबै विनाविभागीय मन्त्रीका रुपमा काम गर्दै आएका छन् ।
यसै अघि, एमालेको आजै बसेको स्थायी समिति बैठकले पोखरेल र ज्ञवालीको नाम अनुमोदन गरेको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय