एमाओवादीले अखण्ड आन्दोलनको प्रतिकार गर्ने

काठमाडौं १ जेठ । एकीकृत माओवादीको सेती–महाकाली राज्य समितिका सदस्य र सभासदहरुले अखण्ड सुदुरपश्चिम आन्दोलन फिर्ता नभए प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
एमाओवादीले अखण्ड आन्दोलन जातीयतावादी, क्षेत्रीयतावादी अहंकारवादीको पक्षमा भएको आरोप लगाउदै आन्दोलन तत्काल फिर्ता नलिए प्रतिकारमा उत्रने चेतावनी दिएका छन् ।
उनीहरुले अखण्ड सुदुरश्चिम आन्दोलनले सामन्तबादी, पूँजीपति, साम्राज्यवादी र विस्तारवादको हित गर्न खोजेको आरोप लगाए ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर एमाओवादीको सेती–महाकाली राज्य समितिले अखण्ड आन्दोलनलाई त्यस्तो चेतावनी दिएको हो ।
एमाओवादीका सेती–महाकाली राज्य समिति इन्चार्ज तथा पोलिटव्युरो सदस्य धर्मेन्द्र वास्तोलाले अखण्ड सुदूरपश्चिम बन्द संघीयता विरोधी भएको आरोप लगाए ।
उनले सेती–महाकालीका ७ वटा जिल्ला जोडेर प्रदेशको निर्माण गर्नुपने भन्दै त्यसको राजधानी दिपायल हुनुपर्ने जिकिर गरे ।
सेती–महाकाली राज्य समितिका सेक्रेटरी खगराज भट्टले सेती महाकाली बन्दमा लाग्ने केही ठूला नेताहरु संघीयता विरोध हुन लागेको आरोप लगाए ।

प्रतिक्रिया