नेगी र सुकन्दर च्याम्पियन

हो ची मिन्ह सिटी : भारतीय ग्रान्डमास्टर परिमार्जन नेगी र इन्डोनेसियाकी डब्लु जिएम इराना सुकन्दर एसियन कन्टिनेन्टल चेस च्याम्पियनसिपको विजेता बनेका छन् । नवौं चरणमा संयुक्त अरब इमिरेट्सका जिएम सालेह सालेमसँग पराजित भए पनि अर्को बोर्डमा चिनियाँ जिएम यु याङगी र भियतनामका जिएम ली क्वांग लियमसँग बराबरी गरेपछि नेगी सात अंकसहित उपाधिविजेता बनेका हुन् । नेगी र यु याङगी दुवैको बराबर अंक भए पनि डाइरेक्ट इन्काउन्टरको आधारमा भारतीय जिएमले उपाधि जितेका हुन् ।
६.५ अंक भएका सालेह तेस्रो भए । ६ अंक भएका चिनियाँ आइएम ली क्विनान, फिलिपिन्सका जिएम आरबरा ओलिभर, चिनियाँ जिएम डिंग लिरेन, चीनकै जिएम नि हुवा, फिलिपिन्सका वेस्ली सो, चीनका जिएम वेंग यांग र लु साङली चौथोदेखि १०आं स्थानमा रहे ।
महिलातर्फ एकचरण अघिसम्म अग्रता कायम गरे पनि अन्तिम चरणमा चिनियाँ डब्लु जिएम तानझोईसँग पराजित भएपछि भारतीय डब्लु जिएम मेरी आन गोमेजले उपाधि जित्न सकिनन् । अन्तिम चरणमा सुकन्दरले भारतीय आइएम इसा कार्भाडेलाई पराजित गरिन् । चारजनाको ६.५ अंक भए पनि गोमेज दोस्रो, तानझोई तेस्रो, चिनियाँ डब्लु जिएम डिङ इक्सिन चौथो तथा चीनकै वांग जी पाँचां भए । ६ अंक भएकी शीर्ष वरीयताकी चिनियाँ जिएम जाओ झुई छैटांै भइन् । भियतानमकी डब्लु जिएम ली थान्हा हु, भारतीय आइएम इसा कार्भाडे, भारतकै डब्लु जिएम पद्मिनी राउत र चिनियाँ डब्लु जिएम गुवो क्वी सातौंदेखि दसां भए ।

आनन्द र गेलफान्द बराबरीमा
यसैबीच मस्कोमा जारी विश्व चेस च्याम्पियनसिप शृंखलाको दोस्रो खेलमा वर्तमान च्याम्पियन विश्वनाथन आनन्द र बोरिस गेलफान्दले बराबरी गरेका छन् । दोस्रो खेलमा आनन्दले कालो गोटीबाट खेलेका थिए । यी दुईले स्ल्याभ डिफेन्स रोजे पनि ‘इन्डगेम’ मा हल्का फाइदा हुने ढंगले गेलफान्दले १४आंै चालमा खेलमा केही परिवर्तन गरेका थिए । आनन्दले खेलको बीचमा केही पिस जुधाउँदै खेललाई बराबरीतर्फ मोडेका थिए ।
यी दुईबीचको पहिलो खेलमा पनि बराबरी भएको थियो । मस्कोमा जारी शृंखलाको पहिलो खेलमा पनि ग्रुनफेल्ड डिफेन्स ओपनिङमा मन्त्री जुधेपछि गेलफान्दको केही जितको सम्भावना भए तापनि त्यो खेल बराबरीमा सकिएको थियो । तेस्रो खेल सोमबार हुनेछ । (एजेन्सी)

प्रतिक्रिया