भारतले बन्दुक किन्ने

नयाँदिल्ली : भारतले अमेरिकाबाट ५६ करोड अमेरिकी डलर बराबरको हतियार खरिद गर्ने भएको छ । चीन र पाकिस्तानबाट एकैपटक सुरक्षा चुनौती आइलाग्ने सम्भावना रहेकाले भारतीय सरकारमाथि प्रतिरक्षा प्रणाली मजबुत गराउन दबाब परिरहेका बेला भारतले हतियार खरिद गर्ने सहमति गरेको हो । खरिद गर्न लागिएको होविट्जर बन्दुकले अधिकतम ३० किलोमिटर टाढासम्म गोली प्रहार गर्न सक्छ । हिमाली क्षेत्रमा तैनाथ भारतीय थलसैनिकका लागि बन्दुक खरिद गर्न लागिएको एक सरकारी अधिकारीले जानकारी दिए । यसअघि सन् १९८६ मा भारतले स्विडेनबाट यस्ता बन्दुक आयात गरेको थियो । (एजेन्सी)

प्रतिक्रिया