संविधान साझा दस्तावेजका रुपमा आउछ

काठमाडौं, २९ वैशाख । संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले राजनीतिक दलहरुलाई आफ्ना सबै अडान त्यागेर सहमतिमा तोकिएकै मितिभित्र संविधान बनाउन आग्रह गरेका छन् ।
काठमाडौंमा आज प्रेस चौतारी नेपालको ज्ञापनपत्र बुझेपछि अध्यक्ष नेम्बाङले सबै जातजाति, भाषाभाषीको साझा दस्तावेजका रुपमा संविधान ल्याउनुको विकल्प नरहेको बताए ।
उनले अन्तरिम संविधानमा उल्लेख भएबमोजिम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल र त्यसको उपलब्धिलाई संस्थागत गर्न बाटो नबिराउन दलहरुलाई सुझाव दिएका छन् ।

यसैवीच, प्रेस चौतारीले तोकिएको समयमा संविधान जारी गर्न माग गर्दै मुलुकभरीका शाखाबाट प्रधानमन्त्री र संविधानसभा अध्यक्षलाई ज्ञापन पत्र पठाएको छ ।

प्रतिक्रिया