संविधानसभा बैठक पुनः स्थगित

काठमाडौं, २८ वैशाख । पटक/पटक सूचना टाँस गरेर स्थगित हुँदै आएको संविधानसभा बैठक आज पनि स्थगित भएको छ ।
प्रक्रियामा लैजाने भनिएका नयाँ संविधानका विवादित विषयको प्रश्नावली समय अभावका कारण तयार हुन नसकेपछि बैठक सूचना टाँस गरेर स्थगित गरिएको संविधानसभा सचिवालयले जनाएको छ । दलहरुका बीच विशेष गरेर राज्य पुनर्संरचना र शासकीय स्वरुपमा धेरै बिवाद छ ।
अब संविधानसभा बैठक शुक्रबार तीन बजे बस्ने छ । आज सहित संविधानसभा बैठक सूचना टाँस गरेर नवौं पटक स्थगित भएको हो । यस अघि सहमतिका लागि भन्दै दलहरुले पटक/पटक बैठक स्थगित गरिसकेका छन् ।

प्रतिक्रिया