याङदी र सुकन्दरको अग्रता

हो ची मिन्ह सिटी, २८ वैशाख । एसियन कन्टिनेन्टल चेस च्याम्पियनसिपको पाँचांै चरणको समाप्तिमा चिनियाँ ग्रान्डमास्टर यु याङदी ४.५ अंकसहित शीर्षस्थानमा छन् । उनलाई चीनका आइएम ली क्विनान, फिलिपिन्सका जिएम गोमेज जाने पाउल, चीनका जिएम लिङ डिरेन, भारतीय जिएम परिमार्जन नेगी र संयुक्त अरब इमिरेट्सका जिएम सालेम ए आर सालेहले ४ अंकसहित पछयाइरहेका छन् ।
यसैगरी चिनियाँ आइउम जाओ रुई, फिलिपिन्सका जिएम बारबरा ओलिभर, इन्डोनेसियाका जिएम मेगरान्तो सुसान्तो, भारतीय जिएम अभिजित गुप्ता, फिलिपिन्सका जिएम मारागुवा पार्क, भियतनामका जिएम दाओ थेन हाई र चीनका जिएम लु सांघाईको ३.५ अंक छ ।
बुधबार भएको पाँचौं चरणको खेलमा याङदीले ओलिभरलाई पराजित गरे । डिंग लिरेन र क्विनानबीच बराबरी भयो । परिमार्जनले इन्डोनेसियाका मेगारान्तोलाई पराजित गरे । सालेहले भियतानमका जिएम लिक्वांग लियमलाई हराए । जोन पालले चिनियाँ जिएम झाओ जिन्चाओलाई हराए ।
भारतीय जिएम सेतरमन एसपी भियतनामका जिएम दाओ थेन हाइसँग पराजित भए । अभिजित गुप्ताले इन्डोनेससियाका एफएम नोभिता अन्दासलाई पराजित गरे । तीन अंकमा सीमित भारतीय आइएम विदित शंकर गुजरातीले लागातार चौथो बराबरी गरे । पाँचांै चरणमा उनले वांग येंग गुईसँग बराबरी गरे । खराब प्रदर्शन गरिरहेका भारतीय जिएम दीपेन चक्रवर्ती पाँचौं चरणमा फिलिपिन्सका जिएम सो वेस्लीसँग पराजित भएपछि दुई अंकमा सीमित भए ।
जिएम जिएन गोपाल चिनियाँ आइएम वांगचेनसँग बराबरीमा रोकिएपछि २.५ अंकमा सीमित रहेका छन् । बी अभिधवनले माक्विनलाई पराजित गर्दै तीन अंक पुर्‍याएका छन् । छैटांै चरणमा याङदीले नेघीसँग खेल्नेछन् । यसैगरी गोमज र डिङ लिरेन तथा सालेह र क्विनाबीच खेल हुनेछ ।
महिला स्पर्धामा इन्डोनेसियाकी डब्लुजिएम सुकन्दर इराइन करिश्माले ४.५ अंकसहित अग्रता यथावत् राखेकी छन् । भियतनामकी डब्लुजिए गुयन थाई थान आन, मंगोलियाकी आइएम मुंगुनतुल बत्खायुम र चिनियाँ डब्लुजिएम डि एक्सिनको ४ अंक छ । भियतनामकी डब्लुजिएम ह्वांग थाई बाओ ट्राम चिनियाँ जिएम झाओ जिई भारतीय आइएम तानिया सचदेव तथा भारतका डब्लुजिएम स्वाती घेटे र मेरी आन गोमेजको ३.५ अंक छ ।
पाँचौं चरणको खेलमा सुकन्दरले झाओ झुईसँग बराबरी गरिन् । बाख्तुयांगले भारतीय आइएम निसा मेहतालाई पराजित गरिन् । डिंग येक्सिनले चीनकी वांग जीलाई पराजित गरिन् । थाई थांग हानले मंगोलियाकी डब्लुजिएम बाचिमेग टुभ्सिटुंगलाई पराजित गरिन् । एजेन्सी

प्रतिक्रिया