‘सुहागरात त मनाउन पाउनुपर्‍यो नि’

मिस नेपालको फाइनलमा निर्णायकले ‘संसारमा आफ्नो नाम चिनाउन के गर्नुहुन्छ’ भनेर सोधे तपाईंको उत्तर कस्तो हुन्थ्यो होला ?
भन्थेँ कि यो स्पर्धामा आउनुको मेरो लक्ष्य मिस नेपाल मात्र नभई मिस वल्र्ड हुनु हो । नेपाललाई पहिलोचोटि मिस वल्र्डको ताज दिलाएपछि त यसै पनि संसारमा चिनिइहालिन्छ नि । त्यसपछि नेपाललाई चिनाउने अरू पनि थुप्रै काम गरेर चर्चा कमाउने थिएँ ।
तपाईं साँच्चिकै मिस नेपाल २०१२ हुनुभएको भए ?
खुसीले मेरो सीमा नै रहँदैनथ्यो होला । निस्फिक्री रोइदिन्थेँ, आँसुको पनि सीमा नै रहँदैनथ्यो होला ।
पोखरामा आएको बाढी तपाईं आफैँले भोग्नुपरेको भए ?
ओहो † त्यस्तो दु:खद घटना सोच्न पनि मुस्किल पर्‍यो । आमाबाबु गुमाएर बचेकी एउटी विदेशी केटीको पीडाले मलाई पनि छोएको छ । म त्यहीँ हुँदा बाढी आएको भए अरू त के गर्नु र, सकेसम्म भाग्न प्रयास गर्थें होला ।
नायक आर्यन, राजबल्लभ र राजेशमध्ये कुनै एकको प्रेमप्रस्ताव स्विकार्नुपर्ने बाध्यता आइलागे ?
यी तीनमध्ये कसैले पनि मलाई प्रेमप्रस्ताव नराखे हुन्थ्यो जस्तो लाग्छ । उहाँहरू तिनै जनाका आ–आफ्नै प्रेमिका छन् ।
उसो भए कस्तो केटाले चाहिँ प्रस्ताव राखोस् भन्ने चाहनुहुन्छ ?
कोही पनि छैन, चाहिँदैन । अहिलेसम्म कोही आएको पनि छैन  ।
४० मिनेट आकाशमा उड्न पाए कहाँ जानुहुन्थ्यो ?
केही समयअगाडि ४० मिनेट आकाशमा उडिसकेँ तर प्याराग्लाइडमा । चराझैँ ४० मिनेट उड्न पाएँ भनेचाहिँ माउन्ट एभरेस्टको टपमा पुग्ने थिएँ । त्यहाँको अवलोकनसहित अध्ययन पनि गर्थें ।
जेल जानैपर्ने बाध्यता आइलाग्यो र चोर तथा डाँका मुद्दामध्ये एउटा स्विकार्नुपरे कुनचाहिँ रोज्ने ?
चोर–डाँकाको केसमा पर्नु त मरेकै जुनी भइगो नि † अब बाध्यता नै परे चोरीकै केसमा जाने ।
कहिल्यै भेट नहुने विदेशी केटासँग प्रेम बस्यो भने के गर्नुहुन्छ ?
के गर्नु ? फेसबुकमा जतिसक्दो कुराकानी गरिन्थ्यो । फेसबुकबाटै प्रेमीप्रेमिकाका कुरा गरेर चित्त बुझाउनुपथ्र्यो ।
अनि बिहे पनि फेसबुकबाटै गरेर चित्त बुझाउने ?
ओहो..त्यस्तै अवस्था आयो भने त त्यो प्रेमी त्यागिदिनुपरिहाल्यो नि † कमसे कम विवाह गरेपछि सुहागरात त सँगै बसेर मनाउन पाउनुपर्‍यो नि †

प्रतिक्रिया