अश्लिलताको पराकाष्टामा नेपाली चलचित्र(तस्बिर सहित)

काठमाडौं, २७ वैशाख । नेपाली चलचित्र निर्माण गर्ने क्रममा समय र युवा पुस्ताको चाहना अनुसार बनाउने लहडका नाममा अत्यन्तै निम्न स्तरका सम्वाद र दृश्य राखेपछि केन्द्रीय चलचित्र जाँच समितिले ‘द लाष्ट किस’ नामक चलचित्रका दृश्य र सम्वाद हटाउन बाध्य भएको छ ।
पछिल्लो पछटक यसको ज्वलन्त उदाहरण बनेको सो चलचित्र अत्यन्तै निम्न स्तरको रहेको विश्लेषकहरुको भनाई छ । श्री जेनिसा फिल्मस्को व्यानरमा बनेको बनेको चलचित्रका सम्वाद अत्यन्तै अश्लिल र निम्न स्तरका रहेको जाँच समितिको अनुमति पत्रमा उल्लेख छ ।
समितिले लामा /लामा चुम्बनका दृश्य, ‘माचिस’ र ‘घण्टा’ भन्ने जस्ता अश्लिल शब्दलाई हटाउन निर्देशन दिएको छ । चलचित्रमा यौन दृश्यको संकत गर्नका लागि केटा र केटी पाल भित्र बसेर पाल हल्लाएका दृश्य समेत हटाउन जाँच समितिले निर्देश गरेको छ ।
‘द लाष्ट किस’ नामक सो चलचित्र १६ बर्ष माथि उमेरका लाई मात्रै हेर्न बाटो खोलिएको छ ।
उता, ‘एटिएम’ नामक अर्को नेपाली चलचित्र छाँयाङकनका क्रममा दुई नायिका वीच टङकिसलाई लिएर झगडा भएको समाचार प्रकाशित भईसकेका छन् ।
केही चललिचत्रका छायाङकनका क्रममा समेत नायकले नायिकाको बक्ष दुई हातले समातेको तस्बिर समेत सार्वजनिक भएका थिए । यसरी मनोरञ्जन र चलचित्र बनाउने नाममा मनपरि गर्ने हो भने नेपाली समाजले नेपाली चलचित्रलाई बाईबाई गर्ने समय पनि आउन सक्ने जानकारहरुको भनाई छ ।
केही समय त त्यस्ता चलचित्र चल्लान तर त्यसले समाजलाई पार्ने असरमा पनि ध्यान दिनुपर्छ । चलचित्रले समाजन राम्रो बनाउन र सकारात्मक सन्देश दिनका लागि हो । बिगार्नका लागि पक्कै होइन होला ।

कस्ताछन् त नेपाली चलचित्रका यौन जन्य दृश्य…

प्रतिक्रिया