चलचित्रमा गुरु बुद्धिकुमार

काठमाडौं : आध्यात्मिक कथामा निर्माण गरिएको नेपाली चलचित्र गुरु बृद्धिकुमारको आइतबार विशेष प्रदर्शन गरिएको छ । आध्यात्मिक गुरु बुद्धिकुमारको जीवनकथामा आधारित रहेको भनिएको सो चलचित्र जमलस्थित विश्वज्योति हलमा प्रदर्शन गरिएको हो । बुद्धिकुमारले भोगेका घटनामार्फत अहिलेको युगमा पनि दैवीशक्तिको प्रभाव रहेको विषय चलचित्रले प्रस्ट्याउन खोजेको छ । त्यसो त चलचित्रले मायाप्रेमलगायत अन्य कथानक मरमसला पनि समेटेको निर्माणटोलीले जानकारी गरायो । चलचित्रमा विष्णु रिजाल, सुरेश महर्जन, बुद्धिकुमार खड्का, कविता थापा, दीपा पाठकलगायतको मुख्य भूमिका छ । सुरेन्द्र रानाको गीत, वीरेन्द्र शाक्य, सुमन कपाली र दशरथ चौधरीको संगीत, देव महर्जनको द्वन्द्व तथा गोविन्द प्रभातको नृत्य रहेको यस चलचित्रको प्रदर्शनबाट उठेको रकम चण्डेश्वरी कलामन्दिर निर्माण गर्न सहयोग गरिने निर्माण टोलीले जानकारी गरायो । राग फिल्म्स् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र केही दिनमै देशभर प्रदर्शन हुने बताइएको छ । (सौस)

प्रतिक्रिया