कांग्रेसमा मन्त्रीको जिम्मेवारी सभपातिलाई

काठमाडौं, २३ वैशाख । कांग्रेस संस्थापन समूहले प्रधानमन्त्री बावुराम भट्टराई नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम सिफारिस गर्ने जिम्मेवारी सभपातिलाई  दिएको छ ।
महाराजगञ्जमा आज बसेको संस्थापन पक्षको केन्द्रीय समिति बैठकले सभपाति सुशील कोइरालालाई मन्त्री चयन गर्ने जिम्मेवारी दिएको हो ।
बैठकमा बरिष्ठ नेता शेरबहादुर देउवा समूहका नेताहरुको भने सहभागिता थिएन । भातृसंगठन बिवाद नमिलाउदा सम्म केन्द्रीय समितिमा सहभागी नहुने रणनीति अनुसार देउवा समूह बैठकमा नआएको नेताहरुको भनाई छ ।

प्रतिक्रिया