एमाओवादी इमान्दार बन्नु पर्छः खनाल

काठमाडौं, २३ वैशाख । एमाले अध्यक्ष झलनाथ खनालले दलहरुका वीच भएको पछिल्लो सहमतिले देशहलाई अग्रगतीमा लैजाने दाबी गरेका छन् ।
राजधानीमा आज आयोजित कार्यक्रममा उनले शान्तिप्रकृया टुङगी सकेको अवस्थामा बाँकी रहेका विषयहरुलाई एमाओवादीले इमान्दारिताका साथ पुरा गर्नुपर्ने बताए ।
खनालले राष्ट्र र पार्टीहरुको अगाडि संविधान निर्माण बाहेकको विकल्प नभएको भन्दै नयाँ बखेडाबाजी गरेर समस्या उत्पन्न नगर्न आग्रह गरे ।
संविधान निर्माणको सवालमा एकजुट भएर अगाडि बढ्न अध्यक्ष खनालको आग्रह छ ।

प्रतिक्रिया