‘सरकार बिघटन गर्ने सहमति भएकै छैन’

काठमाडौं, २१ वैशाख । एकीकृत माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकार बिघटन गर्ने नभई यहि सरकारमा कांग्रेस र एमालेलाई स्थान दिने जनाएका छन् ।
एमाओवादी र मधेसी मोर्चावीच आज विहान बालुवाटारमा बसेको बैठकले सरकार बिघटन गर्न नहुने निष्कर्ष निकालेको फोरम गणतान्त्रिकका कार्यबाहक अध्यक्ष एवं सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए । उनले भने, ‘सरकार बिघटन हुँदैन, यहि सरकारमा कांग्रेस र एमालेलाई ठाउँ दिने मात्रै हो ।’
पत्रपत्रिकामा समाचार आए जस्तो सरकार बिघटन गरेर सरकार बनाउने भन्ने कुरा सबै गलत रहेको मन्त्री यादवको भनाई छ ।
एमाओवादी र मधेसी मोर्चाले बर्तमान सरकारलाई नै राष्ट्रिय स्वरुप दिनका लागि पहल गर्ने समेत निष्कर्ष निकालेका छन् । बैठकमा एमाओवादीले कांग्रेस र एमालेसँग भएका छलफल र परामर्शहरुका बारेमा मधेसी मोर्चालाई जानकारी गराएको थियो ।
बुधबार एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चावीच भएको सहमति अनुसार आज सरकार बिघटन गरेर केही समयका लागि बावराम भट्टराईकै नेतृत्वमा सरकार बनाउने सहमति गरेका थिए ।

प्रतिक्रिया