सुहागरातमै श्रीमतीमाथि बलात्कार !

लन्डन, २१  वैशाख । विवाहको रातलाई रोमाञ्चक मानिन्छ, जुन रात नवदम्पत्तीले पहिलोपटक यौन आनन्द प्राप्त गर्छन् । तर, बेलायती नागरिक रिचर्ड क्रयाबले भने विवाहकै रात श्रीमतीमाथि बलात्कार गरेको आरोप खेप्नुपरको छ । श्रीमतीको मन्जुरीबिनै यौन सम्पर्क गरेको आरोप लागेपछि यस विषयमा अदालती सुनुवाइ भइरहेको छ ।
विवाहको साँझ मातेर फिटान भई घर फर्केकी श्रीमतीलाई बलात्कार गरेको आरोप रिचर्डमाथि लागेको छ । ‘म मातेर फिटान भएकी थिएँ, ‘सेक्स’ गर्ने ‘मुड’मा थिइनँ तर उसले मलाई जबर्जस्ती गर्‍यो,’ अदालतसमक्ष उनले भनिन् । ‘सेक्स’प्रति अनिच्छा जनाएको केही बेरमै आफू बलात्कारको सिकार भएको उनले सुनाइन् । ‘सेक्स गर्ने मन नभएकैले मैले मानेकी थिइनँ तर उसले नसुनेझँ गर्‍यो,’ उनले भनिन् । विवाह भएको दुई वर्षपछि श्रीमतीले यस्तो आरोप लगाएकी हुन् । यस अवधिमा आफूमाथि पाँचपटक बलात्कार गरेको उनले अदालतसमक्ष बताएकी छन् । ‘पछिल्लोपटक दुई दिनमा दुईपटक बलात्कारको सिकार भएपछि मैले अदालतको ढोका घचघच्याएकी हुँ,’ उनले भनिन् ।
आफूले ‘सेक्स’ मा सहभागी नहुने इच्छा जाहेर गर्दा रिचर्डले ‘तँ मेरी स्वास्नी होस्, तँलाई मैले भोग्न पाउनुपर्छ’ भनी जबर्जस्ती गरेको आरोप उनले लगाइन् । सुत्केरी भई टाँका ननिकालेका बेला पनि आफूमाथि बलात्कार भएको जानकारी उनले दिइन् । तर, रिचर्डले भने सबै आरोप अस्वीकार गरेका छन् । (डेलिमेल)

प्रतिक्रिया