संसदमा सुकीको शपथ

यंगुन, २० वैशाख । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीले बुधबार संसद्मा शपथ ग्रहण गरेकी छन् । २३ अप्रिलमै शपथग्रहण समारोह आयोजना गरिएकामा शपथका शब्दहरूप्रति असहमति जनाउँदै उनी र उनको दलले शपथ बहिष्कार गर्दै आएको थियो ।
देशमा प्रजातन्त्र बहालीका लागि चार दशकभन्दा बढी समयदेखि संघर्ष गर्दै आएकी नोबल शान्ति पुरस्कार विजेता सुकीले शपथ लिएपछि म्यानमारको राजनीतिमा नयाँ आयाम थपिएको बताइएको छ । म्यानमार भ्रमणमा रहेका राष्ट्रसंघ महासचिव बान कि मुनले सुकीलाई भेटी शपथ लिन आग्रह गरेका थिए ।
नेत्री सुकीसँगै अप्रिलमा भएको उपनिर्वाचनमा उनको दल नेसनल लिग फर डेमोक्रेसीका तर्फबाट विजयी भएका ३३ जना सांसदले पनि शपथ लिएका छन् । बाँकीले केही दिनपछि शपथ लिनेछन् । ४५ निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनमा सुकीको दलले ४२ क्षेत्रमा जित हात पारेको
थियो । (एएफपी)

प्रतिक्रिया