राष्ट्रिय सरकारको गृहकार्य अन्तिम चरणमा

काठमाडौं, २० वैशाख । संविधानका बिवादित विषयमा छलफल गर्न बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकले राष्ट्रिय सहमतिको सरकार बनाउने गृहकार्य अन्तिम चरणमा पुराएका छन् ।
काठमाडौंमा आज वेलुका अबेरसम्म बसेको शीर्ष बैठकमा नयाँ संविधानका लागि राष्ट्रिय सहमतिको सरकारका बारेमा छलफल भएको एमाले अध्यक्ष झलनाथ खनालले जानकारी दिए । दलका प्रमुख नेताहरुले नयाँ संविधानका बिवादित विषयलगायतलाई प्याकेजमा निकास खोज्ने नेताहरुको भनाई छ ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै खनालले बिहीबार पुनः हुने छलफलबाट राष्ट्रिय सहमतिको सरकारलगायतका विषय टुङगाउने बताए । उनले भने, ‘राष्ट्रिय सहमतिको सरकारको विषय भोलि(बिहीबार) टुङगिन्छ ।’
कांग्रेस महामन्त्री कृष्ण सिटौलाले समग्र विषयमा छलफल भएको भन्दै बिहीबार एक वजे बस्ने बैठकले सबै विषय टुङगाउने दाबी गरेर । यद्यपि उनले थप केही बताउन मानेन् ।
संविधानका बिवादित विषय राज्य पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली, नागरिकताका साथै राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा प्याकेजमा सहमति खोज्न छलफल गर्दै आएका दलहरुले राष्ट्रिय सरकार बनाउने वा नबनाउने भन्ने विषयमा बिहीबार सम्म टुङगो लाग्ने दाबी गरेका छन् ।

प्रतिक्रिया