भट्टराई, दाहाल र नेपालवीच परामर्श

काठमाडौं, २० वैशाख । नयाँ संविधानका बिवादित विषयमा सहमति नजिक पुगे लगत्तै प्रमुख दलहरुका बीच दुरी बढिरहेका समयमा प्रधानमन्त्री बावुराम भट्टराई, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपालवीच बार्ता भएको छ ।
संसद सचिवालयस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा संविधानका बिवादित विषयका साथै राष्ट्रिय सहमतिको सरकारका बारेमा छलफल भएको स्रोतले जनाएको छ ।
सभामुख सुवासचन्द्र नेम्वाङको पहलमा भट्टराई, दाहाल र नेपालवीच परामर्श भएको हो । सभामुख नेम्वाङले नयाँ संविधानका बिवादित विषय र अन्य समसामयिक विषयमा सहमतिका लागि पहल गर्न आग्रह गरेपछि तीन नेतावीच परामर्श भएको हो । तीन नेताको छलफलमा सभामुख नेम्वाङ भने पुरा नबस्नु भएको स्रोतको भनाई छ ।
प्रधानमन्त्री भट्टराई, अध्यक्ष दाहाल र नेता नेपालवीच राष्ट्रिय सहमतिको सरकार बनाउने वा वर्तमान सरकारलाई नै राष्ट्रिय स्वरुप दिने विषयमा समेत परामर्श भएको थियो ।

प्रतिक्रिया