पार्टीकै नेतृत्वको सरकारले संविधान जारी गर्छ

विराटनगर, १९ वैसाख । प्रधानमन्त्री डा. वावुराम भट्टराईले आफनो नेतृत्वमा नभए आफनै पार्टिको नेतृत्वमा वन्ने सरकारले नयां संविधान जारी गर्ने  दावी गरेका छन् ।

आज मंगलवार विराटनगर विमानस्थलमा पत्रकाहरुसग कुरा गर्दै डा. भट्टराईले संविधान जारी गर्ने समय संघारमा आईसकेकोले सरकार फेर्नु उपयुक्त्त नहुने तर्क समेत सञ्चारकर्मी सामु गरेका थिए । आफनो नेतृत्वमा नभए देशको सवैभन्दा ठूलो पार्टी भएको हैसियतले पनि एमाओवादिकै नेतृत्वमा नयां राष्ट्रिय सरकार वनाएर भए पनि संविधान जारी गर्नुपर्ने उनको जिकिर थियो । तर उनले संविधान सहमतीकै आधारमा जारी हुने र नयां संविधानमा शासकीय स्वरुप मिश्रित प्रणालीको  र संघीयता पहिचान र समाथ्र्यको आधारमा हुने वताए । तर उनले संघीयताको संख्यामा भने सहमती हुन वांकी रहेको छ जानकारी दिए ।

विराटनगरमा मई दिवसको सन्दर्भ पारेर आयोजित कार्यक्रमलाई सम्वोधन गर्न विराटनगर आएका प्रम भट्टराईले जेठ १४ लाई मध्ये नजगर गरेर जनकपुरमा सोमवार अपराधीक समूहले वम  विस्फोट गराईएको हो भने । उनले संविधान जारी नभएसम्म अपराधिक घटनालाई  सुरक्षा व्यावस्था कडा वनाएर नियन्त्रण गरिने समेत जानकारी दिएका थिऐ । जनकपुरमा मारिएकाहरुलाई सरकारले शहिद घोषणा गर्ने र उचित क्षतिपुर्ति दिने पनि उनले वताए ।

प्रतिक्रिया