सरकारको नेतृत्व कांग्रेसले पाउनुपर्छः सिंह

काठमाडौं, १ वैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले राष्ट्रिय सहमतीय सरकारको नेतृत्व कांग्रेसले गर्ने बताएका छन् । उनले पालो अनुसार पनि अब कांग्रेसले नेतृत्व गर्न पाउनु पर्ने बताए ।

काभ्रेको बनेपामा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री सिंहले कांग्रेसकै पहलमा जनयुद्धमा होमिएको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने बताउदै नयाँ संविधानपनि कांग्रेस नेतृत्वमा जारी गर्नुपर्ने बताए ।

उनले शान्ति प्रक्रिया र संविधानका केही काम गर्न बाँकी रहेको बताए । उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार आवश्यक रहेको दाबी गरे ।

एमाओवादी र एमालेले दुई पटक सरकारको नेतृत्व गरिसकेको भन्दै महामन्त्री सिंहले अब कांग्रेसकै नेतृत्वमा सरकार बन्नेमा आफू विश्वस्त रहेको बताए ।

प्रतिक्रिया