मिडिया कप शक्तिको पोल्टामा

हेटौंडा, ३० चैत । एनएस्जेएफ अन्तर मिडिया स्तरीय सेभेन ए साईड फुटबल दोश्रो सस्करणको उपाधि शक्ति एफ एमले हात पारेको छ ।

खेलकुद पत्रकार मञ्च मकवानपुरको आयोजनामा आज लोत्रतान्त्रिक मैदानमा भएको अन्तिम प्रतिस्प्रधामा पत्रकार हकहित संरक्षण मञ्चलाई ट्राईवेकरमा २–१ को अन्तरले पाँखा लगाउँदै शक्तिले उपाधि पोल्टामा पारेको हो ।

निर्धारित समयमा दुवै तर्फवाट गोल हुन नसकेपछि ट्राईवेकर मार्फत शक्ति एफएमले विजयी हासिल गरेको थियो । प्रतिस्प्रधामा शक्तिका लागि बिवेब श्रेष्ठ, युनिस पराजुलीले र हकहितका तर्फबाट रोजिन श्रेष्ठले गोल गरेका थिए ।

प्रतिस्प्रर्धाको अनुशासित समूह नेपाल पत्रकार महासंघ मकवानपुर शाखा भएको छ । बिजयी समूहलाई महासंघका केन्द्रीय सदस्य एवं कार्यक्रमका प्रमुख अतिथी प्रताप बिष्ट, जिविसका समाजिक बिकास अधिकृत रामकृष्ण थापा, हेटौंडा नगरपालिकाका प्रबन्धक भीमप्रसाद तिमल्सिना, फुटवल संघका उपाध्यक्ष अर्जुन ढकाल, वानका केन्द्रीय सदस्य उज्जवल चौंलागाईलगायतले शिल्ड, मेडल र प्रमाणपत्र बितरण गरेका थिए ।

प्रतिक्रिया