लडाकुका लागि चार सदस्सीय कार्यदल गठन

काठमाडौं, २९ चैत । माओवादी लडाकुको रेखदेख, समायोजन र पुनस्थापना समबन्धी बिशेष समितिले लडाकु नेपाली सेनाको जिम्मा लगाउने निर्णय कार्यान्वनय सन्तोषजनक रुपमा सम्पन्न भएको निष्कर्ष निकालेको छ ।

समितिको आज राजधानीमा बसेको बैठकले समायोजनका लागि मंगलबार भएको चार बुँदाको निर्णय कार्यान्वनयको समिक्षाका साथै सबै शिविरहरुको रिपोर्टङ लिएको कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए । उनले भने, ‘बिशेष समिति निर्णय कार्यान्वयन हुन्छकी हुँदैन भन्ने आशंका थियो, तर कार्यान्वयन भयो ।’

लडाकु र शिविर तथा हतियार नेपाली सेनालाई बुझाउने बिषयमा भएका प्रगतिहरुका बिषयमा समेत समितिमा समिक्षा भएको छ ।

बिशेष समितिको बिहीबार बस्ने बैठकले लडाकुको छनौट प्रक्रिया, महानिर्देशनालयको काम लगायतमा निर्णय गर्ने छ ।

यसैवीच समितिले चार सदस्सीय कार्यदल पनि बनाएको छ । कार्यदलमा बर्षमान पुन, मिनेन्द्र रिजाल, भीम रावल र जितेन्द्र देब छन् । कार्यदलले छनौट प्रक्रिया, तालिम लगायतका बिषयमा प्रस्ताव बनाएर समितिलाई बुझाउने छ ।

प्रतिक्रिया