वाटसनलाई मास्टर्स गोल्फ

अगस्टा -जर्जिया) । कहिलेकाहीं गोल्फ उपाधि जित्नु अथवा नीलो ज्याकेट हात पार्नुले विजेताको जीवन नै परिवर्तन हुन्छ तर बुव्वा वाटसन भन्छन्, ‘उनी त्यस्तो मान्छे होइनन् ।’ सायद यस्ाले उनको क्षमतालाई प्रतिविम्बित गर्छ जतिबेला उनी मास्टर्स गोल्फमा आइतबार आफूमाथि बढ्दो दबाबलाई पाखा लगाइरहेका थिए ।
उनले १ सय ५५ यार्ड टाढा खसालेको बल ‘गि्रन’मा झर्‍यो र त्यसले दक्षिण अपि|mकाका लुइज उस्थुइजनलाई प्लेअफको दोस्रो ‘होल’मा पराजित गरी बुव्वालाई च्याम्पियन बनायो ।  उस्थुइजनको सट गि्रनभन्दा अगाडि झरेपछि आकर्षक सट प्रहार गर्दै बुव्वाले १०औं गि्रनमा बललाई अडयाए र पहिलो ‘मेजर’ गोल्फ उपाधि हात पारे । दिनकै दोस्रो उत्कृष्ट सट प्रहार गरेपछि उनी आफ्नो खेल हेर्न आइपुगेकी मोली वाटसनसँग अगालो हालेर रोएका थिए ।
१८ महिनाअघि मात्र बुबालाई क्यान्सर रोगका कारण गुमाएका बुव्वालाई यस उपाधिले ठूलो राहत दियो । ‘गोल्फ मेरो सबै कुरा होइन तर यहाँ आएर खेल्नु र जित्नु भनेको मेरा लागि ठूलो उपलब्धि हो,’ उनले भने । अमेरिकाको फ्लोरिडा पेनहेन्डलका बुव्वाका प्रशिक्षक छैनन् । ‘मास्टर्स उपाधि जित्नु मेरो सपना थियो,’ जितपछि उनले भने । सडनडेथ प्लेअफमा बुव्वाले ७६आं मास्टर्स गोल्फको उपाधिमाथि बाजी मारेका हुन् । उपाधि जितसँगै केही दिनदेखि घर जान निकै आतुर रहेका बुव्वालाई फिर्ती सुखद् रहनेछ । धर्मपुत्रका रूपमा गत साता मात्र पाएका कालेब र श्रीमतीलाई भेट्न उनी व्यग्र छन् ।

प्रतिक्रिया