‘बालिकाको बलात्कार पछि हत्या’

कैलाली, २७ चैत । कैलालीको खैराला १ की एक बालिकाको आज बिहान बलात्कार पछि हत्या गरिएको छ ।

स्थानीय ८ वर्षीया कृष्णा नेपालीको बलात्कार पछि हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनामा संलग्न स्थानीय १३ वर्षीय नरबहादुर साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहान पानी लिन गएका समयमा साउदले नेपालीलाई बलात्कार गरेको र घरमा आमालाई भनिदिन्छु भनेपछि बालिकाको हत्या गरिएको कैलालीका प्रहरी प्रमुख एसपी बसन्तकुमार पन्तले बताए ।

मृत्तक बालिका घर नजिकै रहेको ईनारमा पानी लिन गएको बेला उक्त घटना भएको प्रहरीको प्रारम्भीक अनुमान छ । यद्यपि घटनाको थप अनुसन्धान भइरहेको एसपी पन्तले बताए ।

बालिकाको शव गाउ‘ नजिको जंगलमा फेला परेको हो । अभियुक्त साउदलाई ईलाका प्रहरी कार्यालय चौमालाले नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय धनगढीमा राखिएको छ ।

घटनास्थल कैलालीको सदरमुकाम धनगढीबाट ६ घण्टा टाढा पर्दछ । खैराला कैलाली जिल्लाको पहाडी क्षेत्रमा पर्दछ ।

प्रतिक्रिया