वर्षका उत्कृष्ट खेलाडी सम्मानित

काठमाडौं, २६ चैत । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले विसं ०६७ का विभिन्न खेलका उत्कृष्ट खेलाडीलाई आइतबार सम्मान गरेको छ ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी विभिन्न १७ खेलका उत्कृष्ट खेलाडीको घोषणाका साथ सम्मान भएको हो । सम्मानित हुनेमा बक्सिङमा दीपक महर्जन, करातेमा विनोद महर्जन, उसुमा आङबाबु लामा, तेक्वान्दोमा मनिता शाही, भारोत्तोलनमा कमलबहादुर अधिकारी, एथलेटिक्समा कान्छीमाया कोजू रहे । दीपकले एसियाडमा कांस्यपदक जितेका थिए । मनिता एसियाडमा सहभागी थिइन् । यसैगरी, एसियाडमै कमल अधिकारीले नया“ राष्ट्रिय कीर्तिमान कायम गरेका थिए । मध्यम दूरीकी सदावहार धाविका कान्छीमाया कोजूले एसियाडमा सहभागी भएका दुई स्पर्धामध्ये १० हजार मिटर दौडमा आङ्खनै पुरानो राष्ट्रिय कीर्तिमानमा सुधार गरिन् । यसैगरी ५ हजार मिटर दौडमा पनि आङ्खनो व्यक्तिगत समयमा सुधार गरिन् । त्यस्तै क्रिकेटमा नेरी थापा, टेबलटेनिसमा शिवसुन्दर गोथे, ब्याडमिन्टनमा पूजा श्रेष्ठ, जुडोमा फुपुलामु खत्री, चेसमा विलमलाल श्रेष्ठ, सुटिङमा स्नेहाराज्यलक्ष्मी राणा उत्कृष्ट भए । नेपाली महिला क्रिकेट टिमले अन्तर्राष्ट्रिय क्रिकेटमा सफलताको पाइला सार्दा नेपाली टोलीको नेतृत्व गरेकी थिइन् । पूजा श्रेष्ठ ब्याडमिन्टनकी राष्ट्रिय च्याम्पियन भइन् । शिवसुन्दर गोथेले विराटनगरमा भएको टेबलटेनिसको राष्ट्रिय च्याम्पियनसिपको उपाधि जिते । फुपुलामु खत्रीले जुनियरस्तरको अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता पाइन् । विलमलाल श्रेष्ठ ०६७ मा रुसको खान्तीमा भएको ओलम्पियाडमा उत्कृष्ट प्रदर्शन गर्दै फिडे मास्टर बन्न सफल भए । स्नेहाराज्यलक्ष्मीले नया“ राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् ।
जिम्न्यास्टिकमा अजर जंगम, लनटेनिसमा मालिका राणा, आर्चरीमा प्रेमप्रसाद पुन, कुस्तीमा सचिन्द्रप्रसाद यादव र सङ्खटटेनिसमा मनोज सुब्बा सर्वोत्कृष्ट घोषित भए । अजर जंगमले जिम्न्यास्टिकको राष्ट्रिय च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । मालिकाले पनि एसियाडमा नेपाली टोलीलाई क्वार्टरफाइनल प्रवेश गराउने क्रममा जुनियर टेनिसमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । प्रेमले दक्षिण एसियाली च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । मनोज एसियाडमा गरेको प्रदर्शनको आधारमा उत्कृष्ट सङ्खटटेनिस खेलाडी भए ।
आयोजकका अनुसार सम्बन्धित संघको सिफारिसमा सर्वोत्कृष्टको छनोट भएको हो । विसं ०५९ मा स्थापना भएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले केही वर्षयता विभिन्न खेलका सर्वोत्कृष्ट खेलाडी घोषणा गरी सम्मान गर्दै आइरहेको छ । कार्यक्रमका अवसरमा सो संघले सगरमाथा चढ्न लागेका धावक सञ्जय पण्डितलाई आङ्खनो झन्डा हस्तान्तरण गरेको छ । त्यस्तै पण्डितलाई सहयोगार्थ १० हजार रुपिया“ पनि प्रदान गरियो ।
कार्यक्रमका सदस्य–सचिव युवराज लामाले खेलाडी ‘विदेश जान पाइन्छ’ भनेर मात्र खेल्नुपर्ने स्थिति भएको बताए । उनले खेलाडीलाई हौसला दिन राखेपले विशेष व्यवस्था ल्याउन सिफारिस गरेको र त्यसको कार्यान्वयमा सरकार पनि सकारात्मक रहेको बताए । ‘खेलाडीले खेलजगतबाट बा“च्ने स्थिति नदेखेसम्म अन्य सबै प्रयास अर्थहीन हुन्छन्’ उनले भने । कार्यक्रममा दुईजनालाई प्रमुख अतिथि बनाएको भन्दै युवा तथा खेलकुद राज्यमन्त्री गोपी अच्छामी कार्यक्रमको बीचमै उठेर हिंडे । आफूलाई प्रमुख अतिथि भनेर बोलाए पनि ओलम्पियन भूपेन्द्र सिलवाललाई पनि प्रमुख अतिथि नै बनाएको भन्दै अच्छामी पुरस्कार वितरणमा सहभागी भएनन् । सिलवाल र अच्छामी दुवैलाई पुरस्कार वितरणका लागि मञ्चमा बोलाइए पनि अच्छामी भने जान मानेनन् । ‘एउटै कार्यक्रममा दुईजना पनि प्रमुख अतिथि हुन्छ ?’ भन्दै उनी संघका अध्यक्ष दीपक विष्टस“ग झोक्किएका थिए । यता विष्टले भने अच्छामी नै प्रमुख अतिथि भएको र सिलवाललाई आदर्श खेलाडी भनेर सम्मान गर्न खोज्दा ‘मिसअन्डरस्टयान्डिङ’ भएको बताए । ‘हामीले अच्छामीलाई प्रमुख अतिथि भनेर नै निमन्त्रणा गरेका थियौं तर सिलवाल पनि पहिलो ओलम्पियन भएकाले सम्मान गरौं भनेर प्रमुख अतिथि बनाएका थियौं । प्रमुख अतिथिका रूपमा प्रमाणपत्रमा अच्छामीकै नाम थियो ।’ सम्मान भइरह“दा प्रमाणपत्रमा हस्ताक्षर गरी अच्छामी हिंडेका हुन् ।

 

प्रतिक्रिया