खोजखबर

राजमोका चार कार्यकर्ता पक्राउ

सौर्य अनलाइन २०६८ चैत २६ गते ९:५५ मा प्रकाशित

काठमाडौं, २६ चैत । बागमती बन्दका लागि प्रचार प्रसारमा हिडेका राष्ट्रिय जनमोर्चाका चार कार्यकर्तालाई प्रहरीले आज राजधानीमा पक्राउ गरेको छ ।

महाराजगञ्जमा माईकिङ गर्दै हिडेका अनेरास्ववियु छैटौंका केन्द्रीय सदस्य विष्णु पुन सहित चार जनालाई पक्राउ गरेको राजमोका उपाध्यक्ष गोविन्द थापाले जनाएका छन् । उनका अनुसार प्रहरीले प्रचार प्रसारका सामाग्री खोसेर राखेको छ ।

उनले राजनीतिक माग राखेर प्रचार प्रसारमा उत्रिएका आफ्ना कार्यकर्ता पक्राउ गरेकोमा सरकारको आलोचना गरे । शान्ति पूर्ण प्रचार प्रसार वा कार्यक्रममा प्रहरी लगाएर दमन हुनु भनेको पञ्चायती व्यवस्थाको अनुभूति दिलाउनु हो भने । उनले भने, ‘सरकारको यस्तो निष्कृष्ट कार्यको भण्डाफोर गर्छौं ।’

राजमोले संघीयताको बिरोधका साथै शान्ति र संविधान तोकिएकै समयमा दिनुपर्ने माग सहित सोमबार बागमती अञ्चल बन्द आह्वान गरेको छ । बन्द सफल बनाउन उसले बिभिन्न प्रचारात्मक कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय