पहिलो निर्वाचन स्थानीय निकायको हुन्छः खनाल

काठमाडौं, २६ चैत्र । एमाले अध्यक्ष झलनाथ खनालले शान्ति र संबिधान निर्माणले पूर्णता पाएपछिको पहिलो निर्बाचन स्थानीय निकायको हुने बताएका छन् ।

डोटीका राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा, बुद्धिजीवी तथा महिला प्रतिनिधिसंगको आज भएको टेलीफोन सम्वादका क्रममा खनालले देश विकासका लागि मेरुदण्डका रुपमा रहेको स्थानीय निकायलाई बलियो बनाउनुपर्ने जोड दिएको उनको निजी सचिवालयले जनाएको छ ।

खनालले एमाले डोटीका अध्यक्ष नारद मलासी, एकीकृत माओवादीका सेती–महाकाली राज्य समिति सदस्य चन्द्रदेब ओझालगायतसंग सुझाव लिएका थिए ।

सुझावका क्रममा डोटीका राजनीतिक दलका नेताहरुले राज्य पुनः संरचना उच्चस्तरीय सुझाब आयोगले सुदुरपश्चिमलाई अन्याय गरेको आरोप लगाए ।

अध्यक्ष खनालले चैत्र मसान्तसम्ममा शान्ति प्रक्रियाको आधारभूत काम सम्पन्न भएपछि संबिधान निर्माणको काम नरोकिने बताए । उनले भने, ‘अब संविधान निर्माणको काम रोक्किनुपर्ने कुनै कारण छैन ।’

प्रतिक्रिया