शिक्षकहरु सामाजिक आन्दोलनमा उत्रनु पर्छ

दाङ, २५ चैत । भावी रणनीति तयार पार्ने उदेश्यका साथ नेपाल शिक्षक संघको राष्ट्रिय भेला आजदेखि दाङमा सुरुभएको छ । भेलालाई कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले उद्घाटन गरेका छन् ।

उद्घाटन सत्रमा महामन्त्री सिटौलाले शिक्षकको हक अधिकार सुनिश्चितताको लागि शिक्षकहरु सामाजिक आन्दोलनमा उत्रनुपर्ने बताए । अझैपनि गाउँ गाउँमा त्रासको वातावरण रहेको यथार्थ बताउदै सिटौला समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने शिक्षकप्रतिको राज्यको सोचमा परिवर्त आउनुपर्ने बताए ।

भेलामा कांग्रेस नेताहरु बलदेव मजगैंया, डिल्ली पोखरेल, महिला उपाध्यक्ष इन्दिरा सापकोटा, पार्वती डिसी, दीपक गिरीलगायतले शिक्षण पेशालाई मर्यादित बनाउन सुझाव दिएका थिए ।

२८ गतेसम्म हुने १६ औ राष्ट्रिय भेलामा अधिराज्य भरबाट साढे चार सय संघसम्बद्ध शिक्षकहरुको सहभागिता रहेको छ । भेलामा देशभरका शिक्षकहरुका लागि १८ देखि २० लाखसम्म खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।

प्रतिक्रिया