बेलाबेला भुइचालो आइरहनु पर्छ

भुइचालो आयो । आकस्मिक थियो । धेरै सहरियाले पहिला सोचे उनको घरनिरको सडकमा कुनै बडेमानको ट्रक कुदेको थर्को आएको होला । जब थर्को ट्रकको भन्दा धेरै ठूलो अनुभव भयो र होहल्ला पनि हुनथाल्यो अनि बुझे सहरियाले, भुइचालो आएछ । भुइचालो आएको थाहा पाउनु र आत्मसुरक्षा प्रबन्धको खाका तयार गर्नुबीचको दूरी यति छोटो थियो, मान्छे र पशुबीचको सीमारेखा झन्डैझन्डै मेटिएको अवस्था थियो । विचित्र संयोग के भयो भने ‘आत्म–अमरवादी’हरू र ‘यावत् जीवम् सुखम् जीवेत्, ऋणम् कृत्वा घृतम् पिवेत्’ मतमा विश्वास गर्नेहरू एकैचोटि हस्याङ्फस्याङ गर्दै खदारिदै सडकमा झरे र फराकिलो, अलि सुरक्षित स्थानतिर दौडिन थाले । भयातुर र आतंकित भगुवा मानवसमूहमा दौडनेहरू प्रायः एक्लाएक्लै थिए । जमात ठूलो थियो तर हरेक मान्छे फगत आङ्खनो सुरक्षार्थ भागिरहेका थिए । लोग्नेसग स्वास्नी थिइन, स्वास्नीसग लोग्ने थिएन । न बाबुआमासग सन्तान थिए न त सन्तानहरूसग अभिभावक नै थिए । जमात दौडिरहेको थियो तर यस दौडमा मान्छे एक्लै थियो ।
यहा“ मान्छे मात्र होइन, माया र प्रेमको अनुपम उदाहरण पनि दौडिरहेको थियो । जीवनभरि मात्र होइन, हिजोसम्म साथै मर्ने प्रण गर्नेहरूसग पनि कसैको साथ थिएन । प्रलयको हतारोमा मान्छेले सबै प्रिय आफन्तलाई भुल्दोरहेछ । अनि लाग्यो, मानिसलाई आफूभन्दा प्रिय र आङ्खनो सुरक्षाको चिन्ताभन्दा बढी महत्वव संसारमा केही हुदोरहेनछ । भागेर आफू सुरक्षित स्थानमा अवतरण गरेपछि मात्र उसलाई बल्ल परिवारको पिर भयो । लोग्नेलाई स्वास्नीको, स्वास्नीलाई लोग्नेको, आमाबाबुलाई छोराछोरीको र छोराछोरीलाई आमाबाबुको चिन्ता भयो । अनि, मानिस फेरि एकपल्ट त्रस्त भयो । फेरि एकपल्ट भयभीत भयो– ‘तिनीहरूलाई केही त भएन ।’
भुइ“चालो त सामान्य उदाहरण मात्र हो । मानिस अनादिदेखि आजसम्म एक्लै बाच्तै आएको छ । जोसग ऊ बा“चेको छु भन्छ, त्यो त एउटा नाटक मात्र हो । सगै बाचे भन्नु त आङ्खनै बचाइको एउटा उपाय हो । आङ्खनो खुसीका लागि उसले अरूलाई आफूसगै बाच्न उपयोग गरेको मात्र हो । जीवन र जगत्का व्यवहार एक्लै सम्भव हुने भए मानिस नितान्त एक्लै बाच्ने थियो । सन्तान नचाहिदो हो र यौनाशक्ति नहुदो हो त पुरुष र स्त्रीबीच सम्बन्धै हुने थिएन । एकले अर्कोलाई आङ्खनो सुविधाका लागि मार्ने थिए । धेरै उदाहरण छन्, धेरै युद्ध भएका छन्– मानिसले आङ्खना लागि हजारौलाई बलिदानको पासोमा झुन्ड्याएको छ, हजारौका छातीमा ताता गोली बर्साएको छ र हजारौको भिडमाथि बुल्डोजर चलाएको छ ।
मानिसको जीवनमा मृत्युभन्दा अर्को नजिकको साथी हुदैन तर पनि ऊ त्यसैसग भागिरहन्छ । धर्मान्धहरू पनि भन्छन्– ‘मृत्यु अवश्यंभावी छ, सामना गर्नुपर्छ ।’ तर तिनीहरू नै जीवनमोहबाट मुक्त हुन सकेका छैनन् । हरेक सासमा मृत्यु बोकेर जीवनको कष्टकर यात्रा गरिरहेका हुन्छन् । उनीहरूको जीवनको पाइलापाइलामा भुइ“चालोका त्रास हिडिरहेका हुन्छन् तैपनि उनीहरू मानिसलाई ढाटी नै रहन्छ– ‘मृत्यु अन्तिम सत्य हो, डराएर होइन, हिम्मतपूर्वक सामना गर्नुपर्छ ।’ उनीहरू दिनदिन मरेर बा“चिरहेका हुन्छन्, कविगीतकार भीम विरागले भनेको ‘पूजाको फूल’झै ।
संसारमा ठुल्ठूला जीव समाप्त भए तर अनादिदेखि साङ्लो आङ्खनो आकारमै बा“चिरहेको छ । ऊ चेपिएर पनि बाच्न सक्छ, थिचिएर पनि बाच्न सक्छ र पेलिएर पनि बाच्न सक्छ । मरिहाल्यो भने पनि कुनै समाचार बन्दैन । त्यसैले मृत्युको आशंका पनि डायनासोर व्यक्तित्वलाई बढी हुदो हो । साङ्लो व्यक्ति त सधै चेप्टिएकै छ, सधै पिसिएकै छ । यसरी चेप्टिदा र थिचिदा दुर्भाग्यवश मरिहाल्यो भने पनि उसलाई मृत्युको बह हुदैन । किनभने ऊ त आजीवन मृत्युकै दातमा झुन्डिएर बाचिरहेको थियो । एकचोटि झुक्किएर चपाइयो त कुन अनर्थ भयो, डर त डायनासोरलाई पो हुन्छ । त्यसैले ‘जो डत्वयो, त्यो मत्वयो’को सिद्धान्त यहा“निर लागू हुन्छ । डायनासोरहरू ती चाहे जनावर हुन् चाहे मान्छे, अन्ततः तिनको विनाश भने अवश्यंभावी छ । साङ्लाको अस्तित्व युगयुगान्तरसम्म बाचिरहन्छ । यो जीवविज्ञानको इतिहासले प्रमाणित गरेको सत्य हो ।
त्यसैले त्यस भुइचालोमा भाग्नेहरूमध्ये अधिकांश तिनीहरू नै अर्थात् डायनासोरहरू कामिरहेका थिए, जसको सहरमा घर थियो, जसको अकुत सम्पत्ति थियो । झन् गगनचुम्बी सिसमहलमा बस्ने सुविधाभोगीको अवस्था त ११ सेप्टेम्बर २००१ मा अमेरिकी जोरभवन ध्वस्त हुदा आत्तिनेहरूकै जस्तो थियो । सामान्य जीवनमा बाचेर मुस्किलले गर्जो टारिरहेकाहरूलाई भुइचालो फगत एउटा रमिता भएको थियो । हिजोसम्म अरूलाई कुल्चेर आतंकित पार्ने ती डायनासोरहरू आफूसगै नीलोकालो अनुहार पारेर भागिरहेको देख्दा तिनीहरूकै रजाइका खातिर करिया भएर बाचेका ‘साङ्ला–अस्तित्व’लाई पहिलोपल्ट आश्चर्य भएको थियो । हिजोसम्म सबैलाई हल्लाएर खाएका र भोलि पनि हल्लाएरै खानेहरू आज स्वयं हल्लिरहेका थिए । भुइचालोबाट जमिन हल्लिरहेको थियो । उनीहरू भुइचालोको त्रासले हल्लिरहेका थिए । साङ्लाहरूलाई उदेक लाग्यो, आखिर यस्ता शक्तिशालीलाई पनि हल्लाउने कोही त रहेछ ?

साङ्लाहरू कहिल्यै भुइचालोसग तर्सिंदैनन् किनभने सानातिना भुइचालो उनीहरूका जीवनमा अहोरात्र आइरहेका छन्, गइरहेका छन् । जमिन हल्लाउने मात्र भुइचालो होइन उनीहरूको भोगाइमा । उनीहरूले करिया भएर भोगेको हरेक दिनको अभाव रेक्टर स्केलमा नापिनेभन्दा भीषण भुइ“चालोस“ग उनीहरू निर्निमेष सङ्घर्ष गरेका हुन्छन् ।
जमिन हल्लाउने भुइचालो त सबैलाई थाहा भयो र कोकोहोलो गर्दै ज्यान जोगाउन भागे मानिसहरू तर उनीहरूले आफूले मात्र निःशब्द प्रतिदिन, प्रतिपल भोगिरहेको भुइचालोको धक्का खै कसले बुझेको छ र सहन कति कठिन छ भन्ने बुझ्न सक्छन् अरूले ?
प्रसिद्ध अंग्रेजी आख्यानकार पाउलो कोइलोले ‘अल्केमिस्ट’मा लेखेका छन्– ‘हामीलाई हामीसग जे छ त्यो हराउला कि भन्नेमा सधै त्रास भइरहन्छ, त्यो चाहे आङ्खनो जीवन होस् या सम्पत्ति । तर यो त्रास त्यस दिन निमिट्यान्न हुन्छ, जब हामी आङ्खनो जीवनगाथा र विश्वकै इतिहास ईश्वरको हातबाट लेखिसकिएको हुन्छ भन्ने सम्झिन्छौ ।’
‘आत्म–अमरवादी’ले अझ बुझ्नुपर्ने कुरो हो यो । ‘सबै ईश्वरको हातमा छ, जे गर्छन् प्रभुको इच्छा † यिनीहरू मुखले यसो भन्छन्, त्यसैले हामीलाई यो कुरा जुनसुकै अचुक पाचक खादा पनि पच्दैन । हामीलाई सबैभन्दा बढी चिन्ता आफू र आङ्खनो सम्पत्तिको सुरक्षामा छ, त्यसपछि आङ्खनो परिवार अनि नातागोता । मर्न कोही चाहदैन, लोभबाट मुक्त कोही छैन चाहे आत्मवादी होऊन्, चाहे भौतिकवादी ।
चिन्ताको विषय यो होइन, संस्कृति र परम्परा पनि परिवर्तनशील हुनसक्छन् र हुनुपर्छ । श्राद्धमा बिरालो बाध्ने संस्कृतिलाई पछ्याउनु पर्छ भन्ने कर छैन । यतिखेर त मानिसको एक्लो सुखभोगी स्वार्थीपनलाई खण्डित गर्दै, ऊभित्र बाचिरहेको पशुत्वलाई भत्काएर स्वाभाविक मानिसकै खुट्टामा उभिनसक्ने चेतनाको महाभूकम्प ल्याउन जरुरी छ । हामी यतिबेला मानसिक, बौद्धिक, आर्थिक र सामाजिक विभाजनको उत्सर्गमा छौ“ । यसलाई खलबल्याउन आवश्यक छ । यसका लागि बेलाबेला भुइचालो आइरहनु पर्छ ।
(घिमिरेको आइतबार प्रकाशित हुने निबन्ध–संग्रह ‘अर्थात् हामी’ भित्रको ‘बेलाबेला भुइँचालो आइरहनु पर्छ’ शीर्षक निबन्धको सम्पादित अंश)

प्रतिक्रिया