चटयाङले एकै परिवारका तीन घाइते

इलाम, २४ चैत । इलाम जिल्लामा परेको चट्याङ लागेर तीन जना घाईते भएका छन् । इलाम नगरपालिका–७, स्थित धोविधारामा गएराति परेको चट्याङले वालिका सहित एकै परिवारका तीनजना घाइते भएका हुन् ।

घाइते हुनेमा चार वर्षीया बालिका रुबिना राई, उनका बाबु २३ बर्षीय बिजय राई र आमा २२ बर्षीया रोष्ना राई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

उनीहरुलाई स्थानीय सुरेश मास्केको घरमा डेरा लिई बस्दै आएका छन् । सुतिरहेको अवस्थामा चटयाङ परेको थियो ।

घाइते बालिका रुबिनाको अझै होस खुलेको छैन भने उनको दुबै आंखामा समस्या आएको चिकित्सकको भनाई छ ।

चट्याङले मास्केको घरमा आगलागी भएको छ । आगलागीका कारण घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागीबाट करिब छ लाख रुपियां बराबरको क्षति भएको छ ।

उता, झापामा चट्याङ लागेर बेलडांगी भुटानी शरणार्थी शिविरका एक जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर मृत्यु हुनेमा बेलडांगीका शरणार्थी ४५ बर्षीय गोपी कार्की रहेको प्रहरीले जनाएको छ । (सौस)

प्रतिक्रिया