वन्दुक सहित दुई सिकारी पक्राउ

विराटनगर, २४ चैत । वन्यजन्तुको चोरी सिकारी गर्ने दुई जना शिकारीलाई प्रहरीले हतियार सहित मोरङमा पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय वेलवारीले इन्द्रपुर–५ का ५६ वर्षीय कविराज गुरुङ र इन्द्रपुर–५ का २८ वर्षीय मनवीर विकलाई दुई थान भरुवा वन्दुक सहित पक्राउ गरेको हो ।

वन्दुकमा वारुद लोड गरेर शिकार खेल्न जान लागेका उनीहरुलाई घरैबाट पक्राउ गरिएको ईप्रका वेलावारीका निरीक्षक सन्जयसिह थापाले वताए ।

वेलवारी ईप्रको चैत १५ गते पनि दुई जना शिकारीलाई दुई थान भरुवा वन्दु सहित पक्राउ गरेको थियो ।

वन्यजन्तु मारेर  शिकारीहरुले सुनसरीको धरान, ईटहरी र झापाको दमक आसापासका होटलहरुमा वेच्नेगरको प्रहरी भनाई छ । (सौस)

प्रतिक्रिया