चेल्सी सेमिफाइनलमा

लन्डन, २३ चैत । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा बार्सिलोनाले चेल्सी तथा वायर्न म्युनिखले रियल म्याडि्रडको सामना गर्ने भएका छन् । बुधबार राति भएको क्वार्टरफाइनल दोस्रो लेगमा सफलता पाउँदै चेल्सी र रियल म्याडि्रड सेमिफाइनलमा प्रवेश गरे ।
बेनफिकालाई २-१ ले पराजित गरेको चेल्सी ३-१ को ‘एगि्रगेट’ जितसहित सेमिफाइनलमा प्रवेश गर्‍यो । अपोइल निकोसियालाई ५-२ ले पराजित गरेको रिलय म्याडि्रड ८-२ को ‘एगि्रगेट’ नतिजाका साथ अघि बढ्यो ।
बेनिफिकाविरुद्धको जितसँगै चेल्सीले चारपटकको विजेता बार्सिलोनासँग तीन वर्षअघि व्यहोरेको हारको बदला लिने अवसर पाएको छ । सन् २००९ को संस्करणमा चेल्सीसँग सेमिफाइनलमा भेट हुँदा जित हात पार्दै बार्सिलोना उपाधिनजिक पुगेको थियो ।
चेल्सी मिडफिल्डर प|mान्क लाम्पार्डले स्पेनिस बार्सिलोनाविरुद्धको खेल कठिन हुने बताएका छन् । ‘बार्सिलोना विश्वकै सबैभन्दा राम्रो टिम हो ।’ बेनिफिकालाई आउट गरेलगत्तै लाम्पार्डको प्रतिक्रिया थियो, ‘उनीहरू -बार्सिलोना) उपाधिकै प्रबल दाबेदार हुन् तर हामीमा पनि जित हात पार्ने विश्वास छ । हामी उत्कृष्ट लयमा रहेर प्रदर्शन गर्नुपर्नेछ ।’
च्याम्पियन्स लिगको जारी संस्करणमा उपाधि दौडमा रहेको एक मात्र इङलिस क्लब चेल्सी अहिले आफ्नो उच्चतम लयमा भने छैन । बेनिफिकाविरुद्ध चेल्सीको प्रदर्शन कमजोर रहेको थियो । रक्षापंक्ति र अग्रपंक्ति दुवैमा उसले आफूस्तरको प्रदर्शन गर्न सकेन । ४०आंै मिनेटपछि १० खेलाडीमा सीमित बेनिफिकाविरुद्ध जित हात पर्न चेल्सीलाई निकै कठिन भयो ।
२१औं मिनेटमा चेल्सीले सुरुआती अग्रता लिएको थियो । लाम्पार्डले पेनाल्टीमार्फत गोल गरी चेल्सीलाई समग्रमा २-० ले अगाडि बढाएका थिए । मेक्सिमी लिआनो परेइराले फल गरेपछि चेल्सीलाई अग्रता लिने सुन्दर अवसर मिलेको थियो । ४०औं मिनेटमा पनि पहंेलो कार्ड पाउँदै परेइरा मैदान छाड्न बाध्य बने । एक खेलाडी बढी भएर पनि चेल्सीले दबाब राख्न सकेन । राम्रो प्रदर्शन गरेको बेनिफिकाले ८५औं मिनेटमा चेल्सीको विरुद्धमा गोल गर्दै सेमिफाइनलको आशा जीवित राख्यो । जेभी ग्रेसियाले हेडमार्फत गोल गरी खेलमा बेनिफिकालाई फर्काउँदै चेल्सीलाई दबाब दिए । थप गोल गर्दा सेमिफाइनल पुग्ने स्थितिमा रहेको बेनिफिकाविरुद्ध ९०औं मिनेटमा राउल मैरलेसले गोल गर्दै इङलिस क्लबको जित सुनिश्चित गरेका थिए ।
चेल्सी तीन वर्षपछि यस प्रतियोगितामा सेमिफाइनल पुग्न सफल भएको हो । पछिल्लोपटक सन् २००९ मा सेमिफाइनल पुग्दा विवादास्पद भिडन्तमा चेल्सीलाई बार्सिलोनाले निराश पारेको थियो । डिडियर ड्रोग्वा र जोसे बोसिंगामाथिको प्रतिबन्धसँगै टम हेनिङले केही पेनाल्टी नदिएपछि बार्सिलोनाविरुद्ध १-१ को स्थितिमा अवे गोलमा पछि पर्दै चेल्सीले सेमिफाइनलबाट बिदा लिएको थियो । यता २२ वर्षपछि यसपटक सेमिफाइनल पुग्ने सपनालाई पूरा गर्नबाट बेनिफिकालाई चेल्सीले रोकेको छ ।
पहिलो लेगमा विपक्षी मैदानमा ३-० को जित हात पारेको रियल जोसे माउरिन्होको प्रशिक्षणमा आएयता लगातार दोस्रोपटक सेमिफाइनल पुग्न सफल भएको हो । दुई वर्षअघि रियलमा आउनुअघि माउरिन्होले इटालियन क्लब इन्टरमिलानलाई सन् २०१० मा युरोपियन च्याम्पियन बनाएका थिए । नौपटकको विजेता रियलले २३औं पटक सेमिफाइनल प्रवेश गरेर कीर्तिमान कायम गरेको छ । दोस्रो लेगमा रियललाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई तथा काका, जोसे कालेजोन र इस्टेबान सोलारीले समान एक गोल गरी ३७औं मिनेटमा गोल गर्दै काका रिभाल्डोसँगै च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने ब्राजिलियन खेलाडी बने । यी दुवैले २७ गोल गरेका छन् । अपोइलका लागि गुस्ताभो मान्डुका र एबास्टिन सोलारीले गोल गरे ।
खेल सुरु हुनुअघि रंगशालामा उपस्थित करिब ६० हजार दर्शकसहितले मंगलबार मात्र निधन भएका रियलका पूर्वप्रशिक्षक जोसे मारिया जारागाको सम्झनामा मौनधारण गरेका थिए । जारागाको प्रशिक्षणमा सन् १९५६ देखि लगातार पाँचपटक रियलले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको थियो । बायर्न म्युनिखसँगको भिडन्तका सम्बन्धमा रियल प्रशिक्षक माउरिन्होले कडा प्रतिस्पर्धा हुने बताएका छन् । ‘बायर्न निकै बलियो प्रतिद्वन्द्वी हो,’ सन् २०१० को उपविजेता बनेको टोलीबारे माउरिन्होको प्रतिक्रिया थियो, ‘वास्तवमा यो मैले चाहेको भिडन्त हो र यसमा मेरा खेलाडीको पनि चाहना छ ।’

प्रतिक्रिया