पिकेको परिवेश

क्याम्पस पढ्न आउने,
सरले उता पढाउने, हाम्ले आखा जुधाउने, चित्त बुझाउने
बजारमा चर्चित लोकदोहोरी गीतको यो शब्दले कलेजमा केटाकेटीबीच हुने रोमाञ्चकता र रोमान्सको भावना प्रतिविम्बित हुन्छ । केटाकेटी सगै बसेर पढ्नु, पल्लोतिरको बेन्चबाट वल्लोतिरको बेन्चमा बसेका विपरीत लिंगीलाई ‘साइड हान्नु’ कलेजभित्रको सामान्य रमाइलो नै हो । तर, छात्रालाई मात्र पढाइने कलेज पनि छन्, जहा आङ्खनै किसिमको परिवेश र नियम हुन्छ अनि आङ्खनै खालको शैली  । जस्तै– बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस । यताउति चौरमा छरिएर रहेका छात्रा आङ्खनै धुनमा मस्त छन् । कोही कक्षाका कुरा गरिरहेका त कोही पढाइका ।
कौशलटारदेखि हतारिदै पिकेमा क्लास लिन आउछिन्, २५ वर्षीया रञ्जना अधिकारी । ग्रामीण विकास विषयकी यी छात्राले विवाहपछि पनि पढाइलाई निरन्तरता दिदै रहिछन् । ‘हाम्रोसमाजमा धेरैजसो केटीको विवाहपछि अध्ययन नै समाप्त हुन्छ, मैले चाहि परिवारको सहयोग पाएकै छु’, उनले सुनाइन् । पिकेमा रञ्जनाजस्तै स्नातकोत्तर पढिरहेकामध्ये प्रायः विवाहितै छन् । उनीहरूलाई क्लास भ्याएर घरको काम गर्न जान हतार पनि हुन्छ । कतिपयचाहि कलेज, जागिर र घरव्यवहारलाई पनि मिलाएर लान्छन् । पितृसत्तात्मक सोचले गाजिरहेको अवस्थामा केटीहरू पिकेमा पढ्नुका केही फाइदा पनि रहेछन् । ‘यहा पढ्दा प्यारेन्ट्सले पनि सेक्युअर भएको ठान्छन्’ –गोरखा नया बजारकी २३ वर्षीया शर्मिला अधिकारीले बताइन् । छात्रा मात्र पढ्ने कलेज भएकाले केटाहरूबाट हुने ‘र्‍याकिङ’ त उनीहरूले यहाभित्र सहनै पर्दैन ।
पिकेलाई जोडेर बाहिरका ‘केटा’ विद्यार्थीले ‘अनेकौं’ भन्ने गरेको पनि उनीहरूले सुनाए । ‘बाहिरी कलेजका ‘अमर्यादित’ केटाले हाम्रो क्याम्पसलाई के–के हो नाम दिन्छन रे, उनीहरूले पिकेका विद्यार्थीबाट अनुशासन सिक्न पर्छ,’ सामाखुसीकी २१ वर्षीया सिर्जना अधिकारीले मुस्काउदै भनिन् । मैतीदेवीकी २२ वर्षीया सुप्रिया सिंहलाई पिकेका छात्राले थुप्रै जिम्मेवारी सम्हालिसकेका हुनाले उनीहरू अनुशासित भएको लाग्छ । सुकेधाराकी २२ वर्षीया पार्वती पौडेल र घट्टेकुलोकी २३ वर्षीया उमा प्रसाईंलाई स्नातकोत्तर पढ्दै गर्दा अहिले धेरै जिम्मेवारी बढेको लाग्छ । ‘केटाको तुलनामा समाजअनुसार केटीहरू सिरियस त हुन्छन् नै, मास्टर्स पढ्न थालेपछि झन् जिम्मेवारी बढेको लाग्यो’, उमाले भनिन् ।
बिहान ६ बजे कक्षामा आइपुग्छन् पिकेका विद्यार्थी । कक्षा सकिएपछि ८ बजेतिर हुने ब्रेक टाइमको उपयोग हुन्छ, गफ मार्दै चियाखाजा खाएर । गफचाहि केबारे हुन्छ त ? प्रश्न सुन्नासाथ उनीहरू गलल्ल हा“से । ‘प्राइभेट कुरा हुन्छ नि,’ एउटा कुनाबाट आवाज आयो । ‘बढी त पढाइकै कुरा हुन्छ,’ रञ्जना हा“सिन् । ‘ब्वाइफ्रेन्डका कुरा, घरका कुरादेखि फेसनका कुरासम्म चलाइन्छ गफमा,’ –सिर्जनाले थपिन् । दुई जना मात्र भेट्दाचै’ सिरियस कुरा हुन्छ रे उनीहरूबीच । केटीहरू एकआपसमा बढी ‘ईष्र्यालु’ हुन्छन् भन्ने कुरामा चाहि सहमति थियो यी केटीहरूको । ‘त्यसो नभए त हामी र केटाबीच फरकै के रह्यो र ?’ अर्कातिरबाट आवाज आयो । सबै जना हास्न थाले ।
पितृसत्तात्मक सोचका बीच महिलालाई माथि उठाउन कलेज मात्र होइन, महिला विश्वविद्यालय नै चाहिने बताउदै थिए कन्याहरू । केटी मात्र पढिने कलेजमा पढ्दा पढाइबाट ‘ध्यान’ मोडिन नपाउने उनीहरूको अनुभव छ । न केटाहरूले साइड हान्लान् भन्ने पीर न त सरले पढाइरहदा आखा जुधाउन पर्ने टेन्सन †

प्रतिक्रिया