‘सिंहदरबारको सफाई’

काठमाडौं, २३ चैत । राष्ट्रिय स्वयंसेवा अभियान अन्तर्गत प्रधानमन्त्री बाबुराम भट्टराइको नेतृत्वमा आज बिहान सिंहदरबार परिसरमा सरसफाइ गरिएको छ ।

राष्ट्रिय स्वयंसेवा अभियान अन्तर्गत सिंहदरवारभित्र दुई घण्टा सरसफाइ गरिएको हो । सरसफाइ कार्यक्रममा सरकारका मन्त्री, सचिव, कर्मचारी लगायतको सहभागिता थियो । केही दिनअघि घोषित स्वयंसेवा अभियान अन्तर्गत सिंहदरबारको सरसफाईको कार्यक्रम गरिएको हो ।

सरसफाई कार्यक्रममा प्रधानमन्त्री भट्टराईले सिहदरबार परिसरमा फोहर गर्नेलाई कारबाही गर्ने बताए । उनले घरटोलबाट सरसफाई सुरु गरे मुलुक नै सफा हुने उल्लेख गरे ।

स्वयंसेवा अभियान अन्तर्गत राजधानीका ढल बनेका वागमती र विष्णुमतीपनि सरसफाई गरिने छ ।

अभियान अन्तर्गत शुक्रबारबाट औपचारिक रुपमा काठमाडौं सरसफाइ अभियान सञ्चालन गरिनेछ । स्वयंसेवा अभियानमा १० लाख युवा परिचालन गर्ने सरकारको लक्ष्य छ ।

प्रतिक्रिया